धोबिघाटमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

  • ख-
  • ख+

काठमाडौँ । ललितपुरको धोविघाटमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु भएको छ । धोबिघाट ओरालोमा प्रदेश–१–०३–००१ प १६६३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा नाम नखुलेका पुरुष पैदल यात्रुको मृत्यु भएको हो ।

मोटरसाइकल चालक कीर्तिपुर नगरपालिका–११ बस्ने २७ वर्षीय धनराज लिम्बुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । मृतक ५ दशमलव ४ ईन्च उचाइ भएका, निलो टिसर्ट र खैरो ज्याकेट लगाएका मृतकको पहिचान हुन नसकेको प्रहरीको भनाई छ । मृतकको शव पाटन अस्पतालमा राखिएको छ । (रातोपाटी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?