हरि पाण्डेद्वारा राष्ट्रिय युवा संघ नेपाल तनहूँलाई टिसर्ट प्रदान

  • ख-
  • ख+

तनहूँ । नेकपा एमाले तनहूँ जिल्ला सदस्य एवम् युवा ब्यावसायी हरि पाण्डेले राष्ट्रिय युवा संघ नेपाल तनहूँलाई टिसर्ट सहयोग गर्नु भएको छ । पाण्डेले युवा संघको एक कार्यक्रमका बिच नेकपा एमाले स्थायी कमिटि एवम् पूर्व मन्त्री किरण गुरुङ, केन्द्रीय सदस्य माननिय भगवती न्यौपाने हातबाट राष्ट्रिय युवा संघ नेपाल तनहुँका अध्यक्ष मदन तिमल्सेनालाई हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रम पाण्डेले देशमा परिवर्तन ल्याउनको लागि युवाहरु महत्वपुर्ण हुने राष्ट्रिय युवा संघका युवा एक ढिका भएर तनहुँको क्षेत्र नम्वर १ मा उपनिर्वाचनमा नेकपा एमालेका उमेदवार सर्वेन्द्र खनाललाई जिताउनको लागि लाग्न आग्रह गर्नुभएको थियो ।

तनहुँ क्षेत्र नम्वर १ को उपनिर्वाचनको युवा संयोजक तथा फ्युचर स्टार मेनपावर प्रा. लि. का संचालक पाण्डेलाई राष्ट्रिय युवा संघ नेपाल तनहूँका अध्यक्ष मदन तिमल्सेनाले टिर्सट सहयोग गरेर युवाहरुको मनोवल बनाउनु भएकोमा धन्यवाद ब्यक्त गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्