तनहूँ । तनहूँ क्षेत्र नं १ बाट आसन्न प्रतिनिधि सभा उपनिर्वाचनका घण्टी बाहक उम्मेदवार डा. स्वर्णिम वाग्लेले शुक्रबार दमौलीमा पत्रकार सम्मेलन गरि औपचारीक रुपमा चुनाबि अभियान सुरुवात गर्नुभएको छ । अर्थबिद् वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टिको तर्फबाट उक्त क्षेत्रमा उम्मेदवारको रुपमा आउनुभएको हो ।
पत्रकार भेटघाटमा सम्बोधन गर्दै डा. वाग्लेले तनहूँको सुगम देखि दुर्गम क्षेत्रसम्मको भ्रमणले धेरै काम गर्नु पर्ने देखिएको बताउनुभएको थियो । वर्गिय असमानता , बिकाशका पूर्वाधार बन्ने तर स्तरहिन हुनु , पर्यटकिय सम्भावना बोकेको बिभिन्न क्षेत्रलाइ छनौट नगरिनु जस्ता समस्या देखेको बताउनुभयो । नजिकैको पोखरामा पर्यटकको आइरो लाग्नु तर तनहूँको बन्दिपुर बाहेक अरु स्थानमा एक रात पनि नबस्ने भन्दै पर्यटकलाइ लोभ्याउने बिभिन्न योजना ल्याउन जरुरी रहेको पनि उक्त अवसरमा बाग्लेले बताउनुभएको थियो । उक्त पत्रकार भेटघाट कार्यक्रममा वाग्लेले आफूले यो चुनाव जिते तनहूँबासीले गर्व गर्न लायक संसद बन्ने बताउनुभएको थियो ।
बैसाख १० मा चुनाबि प्रतिस्पर्धामा उत्रिरहँदा आफू संस्कारयुक्त राजनीति गर्ने र कसैलाइ गालि गरेर होइन सम्मान गरेर संगै प्रतिस्पर्धा गर्ने पनि बताउनुभएको थियो । तनहूँ क्षेत्र नं १ बाट गत मंसिर ४ मा भएको चुनावमा बिजयी भएका रामचन्द्र पौडेल राष्ट्रपनि बनेपछि यस क्षेत्र सांसद बिहिन भएको थियो ।

                    



				                               
							
							
							
    
    
    
    
    
    
    

