तनहूँ । टिम नेपो तनहूँको आयोजनामा व्यास नगरपालिका वडा नंम्वर ३ स्थित दमौली बजारमा रहेको दमौली अस्पताल परिसरमा वृहत सरसफाइ कार्याक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा व्यास नगरपालिका वडा नंम्वर ३ का वडा अध्यक्ष अनुप राना प्रमुख अतिथि रहेको हुनुभएको थियो। त्यसै गरी विशिष्ठ अतिथिमा दमौली अस्पतालका प्रशासनका प्रमुख डा. दिवस ढकाल, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि भरत पौडेल र अतिथिमा दमौली अस्पतालका सुरक्षाकर्मी घन बहादुर बस्नेत रहनु भएको थियो।
उक्त कार्यक्रम टिम नेपो तनहूँका अध्यक्ष रबि अधिकारीको सभापतिको सम्पन्न भएको थियो। कार्यक्रममा सामुदायिक साझेदारी प्रहरी, दमौली अस्पतालका स्वास्थ्यकर्मी र स्थानियबासीको उपस्थिति रहेको थियो। कार्यक्रमकी संयोजक सरस्वति मिश्रले स्वागत् मन्त्रव्य राख्नु भएको थियो।
कार्यक्रममा दमौली अस्पतालका प्रशासन प्रमुख डा दिवस ढकालले दमौली अस्पताल परिसरमा फोहोर व्यवस्थापनका लागि आवश्यक सहयोग रहेको र भविष्यमा पनि यस्ता कार्यक्रमहरु गरि रहन आग्रह गदै कार्यक्रमको पूर्ण सफलताको लागि शुभकामना दिनु भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि अनुप रानाले टिम नेपो तनहूँले गरेको कार्यक्रम सराहनिय रहेको र सरसफाइ मात्र नभइ साँचिकै बृहत सरसफाइ रहेको र भोलिका दिनमा टिम नेपो तनहूँलाइ आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको  थियो।
कार्यक्रमका सभापति रबि अधिकारीले टिम नेपो तनहूँ स्वस्थ्य, शिक्षा, युवा नेतृत्व र बाताबरणको क्षेत्रमा रहेर बिभिन्न कार्यक्रम गदै आएको र टिम नेपो तनहूँले मानुकोटमा नेपालको झण्डा, विद्यालयमा शैक्षिक सामाग्री, बृक्षारोपण, नेतृत्व विकास तालिम, आँख तथा स्वास्थ्य शिविर, सरसफाइका लगाएका कार्यक्रमहरु गदै आएको जानकारी गराउनु भएको थियो।

                    



				                               
							
							
							
    
    
    
    
    
    
    

