राष्ट्रिय युवा संघ नेपाल व्यास १३ को अध्यक्षमा विष्णु थापा चयन

  • ख-
  • ख+

राष्ट्रिय युवा संघ नेपाल व्यास १३ को अध्यक्षमा विष्णु थापा चयन हुनुभएको छ। राष्ट्रिय युवा संघ नेपाल तनहुको ब्यास १३ को अधिवेशनबाट अध्यक्षमा विष्णु थापा , उपाध्यक्ष भरत राज पाण्डे, सचिव सोम थापा, उप सचिव चिज बहादुर थापा र सुस्मिता परियार लगाएतको ५१ जना सदस्य कमिटि गठन भएको छ।

नेकपा एमाले ब्यास नगर कमिटिका का. अध्यक्ष तुलसी पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा , विशिष्ट अतिथि राष्ट्रिय युवा संघ नेपाल तनहुूँका अध्यक्ष मदन तिमल्सेना, अतिथि वडा नम्वर १३ का नेता ललित पाण्डे, ब्यास नगर कार्यालय सचिव राजु पोखरेल, नगर सदस्य मेघराज आर्चाय, युवा संघ ब्यासका अध्यक्ष अजित पन्थ, अनेरास्ववियु तनहूँका उप सचिव सागर पन्थ लगाएको उपस्तिथि रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पाण्डेले तनहूँ क्षेत्र १ को निर्वाचनमा आफ्नो पार्टीको उमेदवारलाई विजयी गराउन शसक्त रुपमा लाग्न युवालाई आग्रह गर्नुका साथै उक्त कार्यको लागि नेकपा एमाले ब्यास नगर कमिटिले साथ दिने बताउनुभएको थियो।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल तनहूँका अध्यक्ष मदन तिमल्सेना

युवा संघले जव देशमा आपतविपत आाइपर्छ त्यति वेला देशको लागि गर्ने, बोल्ने र काम गर्ने गरेकोले जनतामाथि भएको अन्याय र अत्याचारको लागि लड्न सधैं तयार रहनुपर्ने वताउनुभएको थियो । उक्त अवसरमा तिमल्सेना ले बैशाख १० गतेको उपनिर्वाचनको एमालेका उमेदवार सर्वेन्द्र खनाललाई जिताउन युवाहरु लाग्नुपर्ने पनि बताउनुभएको थियो ।
राष्ट्रिय युवा संघ नेपाल व्यास नगरका उपाध्यक्ष अभियान भण्डारीले संचालन गरेको कार्यक्रममा स्थानीय युवा नेताहरु ललित पाण्डे र अजित पन्थले पनि मतव्य राख्नु भएको थियो । ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्