तोकिएकै ठाउँमा पोशाक र किताब किन्न बाध्य पार्ने विद्यालयलाई महानगरले कारबाही गर्ने

  • ख-
  • ख+

काठमाडौं । काठमाडौं महानगरपालिकाले तोकिएकै ठाउँमा पोशाक र किताब किन्न बाध्य पार्ने विद्यालयलाई कारबाही गर्ने भएको छ ।

नगरभित्रका सबै संस्थागत विद्यालयहरूलाई परिपत्र गर्दै महानगरले संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार काम नगरे कारबाहीको महानगरले चेतावनी दिएको हो ।

मेयर बालेन्द्र शाहले सम्पूर्ण विद्यालयहरूलाई संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार कार्य गर्न गराउन अनुरोध गरे ।

विद्यालय आफैले पाठ्यपुस्तक, स्टेशनरी विक्री गर्न नपाउने, विद्यालयबाट निर्धारित ड्रेसकोडको नमूना विद्यार्थीहरुलाई उपलब्ध गराउनुपर्ने र विद्यालयले तोकेको स्थानमा पोशाक खरिद गर्न बाध्य नगराउने व्यवस्था विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ ले गरेको महानगरले स्मरण गराएको छ । (नेपाल प्रेस)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?