तनहूँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्तारुढ गठवन्धनका उम्मेदवार गोविन्द भट्टराईको जित सुनिश्चित भएको बताउनु भएको छ ।
 बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईलाई मत माग्न तनहुँ आउनु भएका महामन्त्री शर्माले आईतबार तनहुँको आँबुखैरेनीमा मतदाता भेटघाट कार्यक्रमको अवसरमा सो कुरा बताउनु भएको हो । सङ्गो पार्टी र गठवन्धन परिचालित भएकोले जीत निश्चित भएको बताउनुभयो । पहिला पनि गठबन्धनले जितेको र सोही अनुसारको उपनिर्वाचनमा पनि गठबन्धन गरिएको र उम्मेदवार पनि राम्रो भएकोले जीत हुने उहाँले  बताउनुभयो । उम्मेदवार भट्टराइसँग केही दिनपछि संसदमा भेट हुने बताउनुभयो  । नेता भट्टराई असल र निष्ठाको राजनीति गर्ने विद्यार्थी कालदेखिको नेता भएको उल्लेख गर्दै शर्माले बताउनभयो । साथै शर्माले तनहुँको विकास र समृद्धिको लागि उम्मेदवार भट्टराईलाई जिताउनु पर्ने बताउनुभयो ।
कांग्रेस पार्टीमा फर्किनेलाई उचित सम्मान र अवसर दिईने बताउनु भएको छ ।  पार्टीभित्र उचित जिम्मेवारी दिईने र असन्तुष्टिलाई हटाउन गर्नका लागि आन्तरिक छलफल गरी समाधान गरिने महामन्त्री शर्माले बताउनुभयो  ।  ‘पाटी छोडेर गएका मुल घर फर्किएर रुख रोप्ने र रुखलाई जिताउने अभियानमा लाग्न अनुरोध छ’’ महामन्त्री शर्माले भन्नुभयो  । विभाजित सबै नेता, कार्यकर्ता तथा आफ्नै घरमा फर्किएर एकतावद्ध भएर पार्टी बलियो बनाउनु पर्ने उहाँले बताउनुभयो ।
सत्तारुढ गठवन्धनका उम्मेदवार भट्टराईको जित सुनिश्चित भएको दाबी शर्माले गर्नुभयो । नेता भट्टराई असल र निष्ठाको राजनीति गर्ने विद्यार्थी कालदेखिको नेता भएको उल्लेख गर्दै शर्माले सिङ्गो पार्टी र गठवन्धन परिचालित भएर अगाडि बढ्ने बताउनुभयो  । साथै उहाँले तनहुँको विकास र समृद्धिको लागि उम्मेदवार भट्टराईलाई जिताउनु पर्ने बताउनुभयो ।
तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार भट्टराई घर फोहोर भयो भनेर घर छाड्न नुहने बताउनुभयो । घरलाई सफा बनाएर सिङ्गारेर बस्नु पर्ने बताउनुभयो । राष्ट्रपति बन्नु भएका रामचन्द्र पौडेले मङ्सिर ४ को निर्वाचनको बेला जनता समक्ष गरेका बाचा तथा कवुल पुरा गर्ने भट्टराईले बताउनुभयो ।
| Virus-free.www.avg.com | 

                    



				                               
							
							
							
    
    
    
    
    
    
    

