फेसबुकमा महिलाको चरित्र हत्या गरेको आरोपमा युवक पक्राउ

  • ख-
  • ख+

काठमाडौं। प्रहरीको साइबर ब्‍यूरोले सामाजिक सञ्जाल फेसबुकको दुरूपयोग गरी महिलाको चरित्र हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा गाउँपालिका -६ बस्‍ने २० वर्षीय कादिर मोमिन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा साइबर ब्‍यूरोले उनलाई झापाबाटै पक्राउ गरेको साइबर ब्‍यूरोका प्रवक्ता पशुपति कुमार रायले जानकारी दिए ।

कादिरले पीडित महिलाको फेसबुक वालः टाइमलाइनमा अन्‍य महिलाको शरीर तस्वीरमा जोडेर अश्लील शब्द तस्वीर र भिडियो पोस्ट गर्नुका साथै टिकमा पनि सोही सामग्री राखेर चरित्र हत्या गरेको प्रहरीको आरोप छ ।

पक्राउ परेका उनमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ४ दिन म्‍याद थप गरी आवश्‍यक कारबाहीका लागि अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । (अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्