लौरो अभियानद्धारा तनहूँ १ मा स्वर्णिम वाग्लेलाई समर्थन

  • ख-
  • ख+

तनहूँ । प्रतिनिधि सभा उपनिर्वाचनले यतिबेला फेरी देश गर्माएको छ । बैसाख १० गते देशभरका तिन क्षेत्र नम्बरमा पुनः निर्वाचन हुदैछ । उपनिर्वाचन हुने ति तिन क्षेत्र हुन् चितवन क्षेत्र नं २ , तनहूँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ ।
तनहूँ क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टिको तर्फ बाट अर्थबिद् डा. स्वर्णिम वाग्ले उम्मेदवार रहेका छन् । तनहूँमा राष्ट्रिय स्वतन्त्र पार्टिलाइ हाम्रो नेपाली पार्टि (लौरो अभियान) ले समर्थन गर्ने भएको छ । उक्त क्षेत्रमा लौरो अभियानको तर्फबाट उम्मेदवारी दिएका बिष्णु पराजुलीको उम्मेदवारीलाइ निस्क्रिय गर्दै डा. वाग्लेलाइ समर्थन गरेको हो ।
रास्वपा उम्मेदवार डा. वाग्ले राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त अर्थबिद भएको र उहाँको आवश्यकता हालको अवस्थामा संसदमा देखिएको भन्दै समर्थन गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्