२० हजार घुससहित इन्जिनियर मेहता पक्राउ

  • ख-
  • ख+

विराटनगर । सुनसरीस्थित बर्जु गाउँपालिकाका इन्जिनियर अजय मेहता २० हजार घुससहित विराटनगरबाट पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मेहतालाई घुस रकमसहित सोमबार पक्राउ गरेको हो । घरनक्सा पासको लागि सेवाग्राहीबाट घुस लिएको आरोपमा मेहतालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ता भोला दाहालले दिएको जानकारी अनुसार उनलाई अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले विराटनगरको जामुनगाछि पुलचोकबाट पक्राउ गरेको हो ।

उनीमाथि थप अनुसन्धान सुरु गरिएको आयोगले जनाएको छ । सुनसरीको देवानगञ्ज घर भएका मेहता छैटौं तहका कर्मचारी हुन् । (रातोपाटी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्