तनहूँ । तनहूँ क्षेत्र नं. १ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार डाक्टर स्वर्णिम वाग्लेको घरदैलो कार्यक्रममा मतदाताहरुको उत्साहपुर्ण सहभागिता रहेको छ । डा. वाग्लेले सोमवार विहानैदेखि व्यास नगरपालिकाका वडा नं. १०, ७, ८ र भानुका विभिन्न वडामा घरदैलो कार्यक्रम गर्नुभएको थियो । घरदैलो कार्यक्रममा वाग्लेले आफुले तनहूँको वस्तुस्थिति हेर्दा प्रशस्त सम्भावनाहरु रहेको जिल्लाको रुपमा पाएको र आफु यस जिल्लाको विकासको लागि सदा लागि पर्ने बताउनुभएको थियो । उक्त घरदैलो कार्यक्रममा निर्वाचन परिचालन समितिका संयोजक विश्व बास्तोलाले पटक पटक विभिन्न पार्टीका नेताहरुलाई हेरेर तनहूँ १ का वासीको सपना पुरा नभएको कारण एक पटक राष्ट्रिय स्वतन्त्र पार्टीका अर्थविद् डाक्टर स्वर्णिम वाग्लेलाई मत दिन आग्रह गर्नुभएको थियो । उक्त अवसरमा बास्तोलाले एक पटक भोट दिएर राम्रो काम नगरे राष्ट्रिय स्वतन्त्र पार्टीलाई अर्को पटक मत दिन नपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति विकास सिग्देलले युवाहरुको चाहना घण्टी चुनाव चिन्ह् र यस क्षेत्रका उमेदवार डाक्टर स्वर्णिम वाग्ले राष्ट्रिय रुपमा मात्र प्रख्यात नभईकन अन्तर्राष्ट्रियरुपमा समेत प्रख्यात भएकोले मत दिने मौका गुमाउन नहुने बताउनुभएको थियो साथै अघिल्लो पटकको निर्वाचनमा आफु एक्लै हिड्दा त करिब ७ हजार प्रत्यक्ष र समानुपातिकमा १२ हजार मत ल्याएकोमा अहिले डाक्टर स्वर्णिम वाग्ले विजयी हुने मत ल्याउने बताउनुभएको थियो ।

                    



				                               
							
							
							
    
    
    
    
    
    
    

