वैवाहिक बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ

  • ख-
  • ख+

काठमाडौं । न्याय परिषदका न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । उनलाई आज प्रहरीले सामाखुसीबाट पक्राउ गरेको हो ।

गिरीविरुद्ध उनकी पत्नी आरती गिरी रावलले वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी थिइन् । कपिलवस्तु जिल्ला अदालतले गिरीलाई पक्राउ गर्न गत साता प्रहरीलाई अनुमति दिएको थियो ।

गिरी एक महिना अगाडि मात्रै न्यायपरिषदमा सरुवा भएर आएका हुन् । उनले हिजो श्रीमती पार्वती बोलाएर भेटेका थिए । राति पनि पार्वतीकै कोठामा बसेका थिए । आफ्नो मोबाइल खोसेर रातभर बन्धक बनाएको भन्दै पार्वतीले बिहान एक साथीलाई गुहारेकी थिइन् । ती साथीले पार्वतीलाई उद्दार गरेकी छन् ।

प्रहरीले पार्वतीकै कोठाबाट गिरीलाइ पक्राउ गरेको हो । (नेपाल प्रेस)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्