तनहूँ १ मा डा. स्वर्णिम वाग्लेले घण्टी बजाउदा ठुला दलहरु तर्सेकै हुन् त ?

  • ख-
  • ख+

घण्टिको हावा चलेको बेला बोल्यो भने झन् आगो फैलिएर ठुलै क्षति हुन सक्छ त्यसैलेतै चुप् मै चुप्” जे होला होला भगवान् भरोसा ! ”

दृश्य नं. १
तनहूँको स्थानिय स्तरका ठुलै नेता दमौली बजारमा एकदिन भन्दै हुनुहुन्थ्यो ”बडो दुःख कष्ट गरेर छोरालाई अमेरिका पठाए, केहि बर्ष पछि बुहारी पनि लग्यो । सबैका छोराबुहारीले आमाबुबालाई विदेशमा घुमाएको देखेर हामीलाई पनि छोरोले मर्ने बेलामा अमेरिका देखाउला भनेको त आज भिडियो कलमा बाबा यो त्यो पार्टी भन्ने होईन है अब घण्टीमा भोट हाल्नुस् पो भन्छ । अझ त्यति मात्र हो र ? हुदैन बाबु त्यसो नभन न हाम्रो त बाजेको पालादेखिको पार्टी कसरी छोड्नु ? आफ्नो पार्टीभन्दा अरुलाई भोट हाल्नुपर्यो भने त हात काटेर फालिदिन्छु भनेको त बुबा मैले धेरै केहि भनिन घण्टीमा भोट हाल्नुहुदैन भने मेरो अंशबण्डा गरिदिनुभए हुन्छ भनेर कल पो काट्यो । के सुन्न पर्र्या के देख्न पर्या हो माधबबाबु ? पछि बुहारीलाई कल गरेर बाबु किन रिसाएको ? भन्दा त विदेशमा काम गर्ने साथीहरुले तेरा देशका नेता यस्ता उस्ता भनेर सारै हेप्दा रहेछन् भनिन् । खै के गर्ने गर्ने ? बाहिर हेर्दा घाम लागेको छ बाबु तर मलाई त दिउँसै अध्यारो भएको जस्तो लागिरहेको छ, आफ्नो पार्टी छोडेर कसरी हाल्नु घण्टीमा भोट ? फेरि सम्झ्यो अब यो बुढेशकालमा त्यहि छोरो त हो मेरो सहारा उस्ले भनेको नमाने कस्ले भनेको मान्नु ? ”

दृश्य नं २
एक पार्टीका जिल्ला स्तरिय नेता भन्दै हुनुहुन्थ्यो ”छोराले अष्ट्रेलियाबाट फोन गरेर भनेको छ ड्याडि यसपाली त तपाईको पार्टीको चुनाव…चिन्ह भन्दै हिड्ने होईन है भोट घण्टिमा हाल्नुपर्छ घण्टीमा । यी नेताहरुले जति कमाउनु कमाए अब यीनीहरुको पालो पुग्यो सम्झनुस् नि मिैले भनेको कुरा पो भन्छ बा !” अम्लिय हाँसो हाँस्दै ‘‘के गर्ने ?अरुले सम्झाउदा मेरै पार्टी ठिक जस्तो लाग्थ्यो आज आफ्नै सन्तानले भन्दा दोधाँर मात्र होईन सोच्न बाध्य भएको छु ।

दृश्य नं. ३
एक जना जिल्ला स्तरिय नेता भन्दै हुनुहन्थ्यो ”किचनमा खाना खान बसेको त कहिल्यै राजनीति कुरा नगर्ने बुहारीले बुबा डाक्टर स्वर्णिम वाग्ले त स्वदेश तथा विदेशमा समेत सम्मानित सारै नै शिक्षित र देशलाई चाहिने मान्छे हुनुहुदोरहेछ त्यसैले यसपटक त भोट घण्टीमा हाल्ने होला नि है” भनि खाँदा खाँदैको खाना घाँटिमा अड्कियो यसो छोरोतिर हेरेको उधोँ मुन्टो लगाएर खाना खाँदै थियो । बुहारीका कुराले हिजोदेखि राम्रोसग निन्द्रा लागकेो छैन ।”

दृश्य नं. ४
तनहूँ क्षेत्र नं. १ कै एक गाउँमा एकजना बृद्ध महिला घण्टीको उमेदवार गाउँमा आउछन् भन्ने थाहा पाएर १ घण्टा कुर्नुभएछ । डाक्टर स्वर्णिम वाग्लेलाई देख्ने बित्तिकै ”ओहो बाबु !जापानबाट मेरो नातिले घण्टी भन्या छ” भन्दै फुलमाला लगाईदिदै आफ्नै नातिलाई भेटे झैं गरेर आर्शिवाद दिनुभएको थियो ।
यी त तनहूँका चोक चोक गल्ली गल्लीमा देखिएका केहि दृश्यहरु हुन् । गाउँ घर शहर बजारतिर हिड्ने हो भने यस्ता दृश्यहरु अनगिन्ति देखिन थालेका छन् । कतिसम्म भने अघिल्लो चुनावको समयमा थ्री एम् (मनि, मोटरसाईल र मसल देखाएर हिड्ने) मा हिड्ने पुस्ता अहिले घण्टीको लागि त्यसै हिड्छम् भनेर तम्तयार भएको रास्वपाका एक नेताको भनाई छ ”घरदैलो कार्यक्रममा जादै थियौ १२, १५ वटा मोटरसाईकलमा भाईहरु गुरुरु आउनुभयो र भन्नुभयो ”सर हामी अरुबेला मोटरसाईकलमा तेल हालिदिएपछि पार्टीको चुनाव प्रचारमा हिड्ने गरेका थियौ, अब भयो पुग्यो देश डुब्न लाग्यो हामी केहि नखाईकन पनि घण्टीको प्रचारमा हिड्छौ ।” हामीले उहाँहरुलाई भन्यौ ”भाईहरुले यति भन्नुभयो हाम्रो लागि काफि भयो, हाम्रो पार्टीको नीति नियमका कारण हामी त्यसरी हिड्दैनौ तपाईहरुले सद्भाव राखेर आउनुभयो जानुस् आफ्नो गाउँ, टोलमा प्रचार गर्नुस् भनेर फर्कायौ, खुशी भएर नारा लगाउदै जानुभयो ।”

त्यसैगरि मंसिर ४ को निर्वाचनमा लगभग लगभग एक्लै तनहूँ १ को विभिन्न स्थानहरुमा चुनाव प्रचारमा हिड्नुभएका रास्वपाका तत्कालिन उमेदवार बिकास सिग्देल ”मंसिरको निर्वाचनमा मतदाताहरु घण्टीका मान्छेले हामीलाई देख्छ कि ? यीनीहरुसग भेटेको आफ्नो पार्टीका व्यक्तिहरुले थाहा पाएभने कारवाही गर्छ कि भन्ने डर थियो अहिले छाति पिटेर जेसुुकै गरुन् अब त बोकिन्छ घण्टी हालिन्छ भोट भनेर खुल्लम खुल्ला हिड्न र भन्न सक्ने हुनुभएको छ । हिजो हाम्रो उमेदवारको बारेमा जान्न नखोज्ने मान्छे हामीले हाम्रो उमेदवार डाक्टर स्वर्णिम वाग्ले यस्तो मान्छे हो भन्नु नै पर्दैन मतदाताहरुलाई सबै कुरा थाहा पाईसकेका छौ” भन्नुभएको छ ।
यी भनाई र उस्ता दृष्टान्तहरुले ”साच्चै तनहूँमा जरो गाँढेर बसेका दलहरु तर्सेका हुन् त ?” भनि प्रश्न गर्दा नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु अनौपचारिक रुपमा भन्नुहुन्छ ”अहिले केहि नबोलौ यो बेला बोल्दा केहि गल्ति भईहाल्यो भने माहौल झनै बिग्रन सक्छ । घण्टिको हावा चलेको छ यस्तो हावा चलेको बेला बोल्यो भने झन् आगो फैलिएर ठुलै क्षति हुन सक्छ त्यसैले तै चुप् मै चुप् , जे होला होला भगवान् भरोसा ! ”

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?