छाब्दि बाराही मन्दिर क्षेत्रमा सरसफाई

  • ख-
  • ख+

तनहूँ । नयाँ बर्ष २०८० लाई लक्षित गर्दै तनहूँको प्रसिद्द धार्मिक स्थल छाब्दी बाराहीमा सरसफाई गरिएको छ। मन्दिरदेखि बसपार्क नजिक ट्रान्समिटरसम्म करिव सय जनाको को सहभागितामा खोला,बाटो सरसफाई गरिएको हो।
व्यास नगरपालिका वडा नम्बर १४ मा रहेको छाब्दी बाराही मन्दिरमा गत वर्षको वैशाख १ गते १० हजार भक्तजनहरु पुजाआजाको लागि आउनुभएको थियो । अघिल्लो बर्षको तुलनामा बढि करिव १५ हजार भक्तजन यस बर्ष छाब्दी बाराहीमा पुजाआजाका लागि आउने अनुमान गरिएको छब्दी बाराही विकाश कोष समितिका अध्यक्ष प्रेम थान बहादुर थापाले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्