तनहूँ । नेकपा एमालेको तर्फवाट तनहूँ क्षेत्र नं १ को प्रतिनिधीसभाको उम्मेदवार सर्वेन्द्र खनालले आफनो अनुभव नै आफनो जीतको आधार भएको वताएका छन् । प्रहरी सेवामा रहेर विभिन्न जिम्मेवारी कुशलताका साथ सम्पन्न गरेको विभिन्न आधार रहेको हुदाँ गर्न सक्ने ईच्छाशक्ति आफुमा भएको वताए । प्रहरी सेवामा रहदाँ देशमा भएको विकृति र विसंगतिको वारेमा जानकार रहेको हुदाँ जनताको मुद्धा संसदमा उठाउन आफुले उम्मेदवारी दिएको वताए ।
सत्तासिन गठवन्धन भनेता पनि त्यो गठवन्धन जनताले अव नमान्ने समेत खनालले वताए । गठवन्धनको उद्येश्य आम जनताले वुझिसकेको हुदाँ गठवन्धनका नाममा सति जादैन । आफुमा देश विदेशको अनुभव भएको हुदाँ निर्वाचित भएर संसदमा आवाज उठाउने क्षमता म मा छ । देशमा संभावना भएको पर्यटन, शिक्षा, रोजगारीको विषयमा सरकार संवेदनशील हुन सकेमा विकासले गति लिने समेत खनालले दावी गरे ।
नेकपा एमालेको निति विचार र सिद्धान्त नै देश विकासको खाँका हो । एमालेको विचार वरिपरि देश घुमिरहेको हुदाँ देशको नेतृत्व नै एमालले गर्नेछ । एमालेको अगुवा कार्यकर्ता नै जीतको आधार हो । त्यसको सहि परिचालन गर्न सकिएमा जीत सम्भव छ, उम्मेदवार खनालले वताए ।
देशमा अहिले केहि तत्वहरु भड्काउ राजनिती तर्फ उन्मुख रहेको हुदाँ त्यो रोक्नका लागी आफु लागिपर्ने समेत खनालले वताए । खनालले सो कुरा चुनावी अभियानको क्रममा वताएका हुन् ।

                    



				                               
							
							
							
    
    
    
    
    
    
    

