गोविन्दराज जोशी समुहले तनहूँ १ मा डाक्टर स्वर्णिम वाग्लेलाई समर्थन गर्ने

  • ख-
  • ख+

तनहूँ। नेपाली कांग्रेससग असन्तुष्ट नेपाली कांग्रेसको पुर्व सहमहामन्त्री एवं पुर्वमन्त्री गोविन्दराज जोशी समुहले तनहूँको क्षेत्र नम्बर १ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डाक्टर स्वर्णिम वाग्लेलाई समर्थन गर्ने भएको छ ।

रास्वपाका सभापति रवि लामिछाने, तनहूँ १ का उम्मेदवार डा. स्वर्णिम वाग्ले, रास्वपा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी तथा केन्द्रीय सदस्य दीपक बोहरा र जोशीका छोरा छोरा दीपकराज जोशी सहभागी वार्तामा वाग्लेलाई निः सर्त समर्थन गर्ने प्रतिबद्धता जोशीको तर्फबाट बताईएको छ ।

नेपाली कांग्रेसका महामन्त्री र सभापति शेरबहादुर देउवासगको वार्ता असफल भएपछि रास्वपासँग आज भएको वार्तामा जोशीले वाग्लेलाई निसर्त समर्थन गर्ने प्रतिबद्धता आएको हो । (साभारः नेपाल प्रेस)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?