तनहूँ , चैत ३० गते । नेपाली काँग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमानसिंहले उपनिर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईको जित निश्चित भएको बताउनु भएको छ । नेपाल प्रेस युनियन तनहूँले बिहीबार बन्दीपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता सिंहले सो कुरा बताउनु भएको हो । कुनै पदमा नहुँदा पनि जनताको दुःखमा मलम लगाउन विकासको धेरै काम गरेकोले विजय निश्चित भएको उहाँको भनाई थियो । नयाँ पार्टी धेरै समय टिक्न नसक्ने बताउनु भएको छ ।
नयाँ पार्टी स्थापान गर्नु ठुलो कुरा हैन टिकाई राख्नु ठुलो कुरा हो नेता सिंहले भन्नुभयो नारा दिन सजिलो होला नारा कार्यान्वयन गर्न कठिन हुन्छ’’ । नयाँ खुलेका दलको दुर्दशा के छ भन्ने कुरा भन्ने कुरा देखिएको र देश चलाउने सामर्थ नभएको उहाँले बताउनुभयो । प्रजातन्त्र पुर्नस्थापन गर्ने आन्दोलन देखि लिएर कसको भूमिका रहेको छ भन्ने कुरा लेखाजोखा सबैले गर्न सक्छन् सिंहले भन्नुभयो मिठा नारा र भाषण दिंदैमा यर्थाथमा परिणत हुँदैन ।’’ तनहुँबाट गोविन्द भट्टराईलाइ जिताएर पठाएपछि मन्त्री बन्ने ठोकुवा सिंह गर्नुभयो । गोविन्द भट्टराई उच्च कदको नेता भएकोले मन्त्री बन्नुहुन्छ । प्रजातन्त्र स्थापना, पुर्नस्थापना गर्न तथा देशको नेतृत्व लिने सक्ने माटो तनहूँ भएकोले कामको उच्च मूल्याङ्कत गर्दै विगतमा पनि मन्त्री बन्दै आएको र गोविन्द भट्टराईलाई उच्च सम्भावना भएको व्यक्ति भएको बताउनुभयो । नेपाल विद्यार्थी संघ केन्द्रीय सभापति भएको र आफ्नो कार्यकालमा कुशलता पूर्वक कार्य गरेकाले मन्त्री बन्ने अवसरमा आउने र त्यसको लागि आफूले पनि पहल गर्ने नेता सिंहले प्रतिबद्धता गर्नुभयो ।
भट्टराईले देशको , जिल्लाको र आफ्नो क्षेत्रको सेवा गर्छु भन्दै आउँदा खुल्ला दिलले स्वागत र सम्मान गरि मतदान गरेर जिताउनु पर्ने बताउनुभयो । यही ठाउँको , यहि गाउँको मान्छे , जसले बषौं देखि केही गरौं भन्ने भावनाले काम गरिरहेको छ त्यस्तो व्यक्तिलाई जिताउन सिंहले आग्रह गर्नुभयो । जनताको कामलाई कसरी सम्बोधन गर्ने भन्ने भावना भट्टराईमा भएको भन्दै सिंहले सुखदुःख र अप्ठ्यारो बुझ्ने नेता भट्टराई भएको बताउनुभयो । सिंहले स्वतन्त्र बाट उठेका स्वर्णिम वाग्ले अवसर पाउन्जेल काँग्रेसबाट अवसर लिएको र नपाएपछि पाटि छोडेर हिँडेको हुँदा अवसरवादी नेता भएको बताउनुभयो । अवसरवादी नेताको भविश्य नभएको उहाँले बताउनुभयो । गोविन्द भट्टराई जस्तोसुकै कठिन परिस्थितीमा पनि निरन्तर पार्टी लागेको सङ्घर्षशिल र त्यागी र तनहुँमा जन्मिएको व्यक्ति भएकोले यहाँको समस्याबारेमा जानकारी भएकोले समाधान गर्न सक्ने खुबी भएको बताउनुभयो । कार्यक्रम प्रेस युनियन तनहूँका अध्यक्ष अमरराज नहर्कीको अध्यक्षतामा भएको थियो ।
तनहूँ इन्जीनियरिङ मेरो बृहत सपना हो: गोविन्द भट्टराई
तनूहूँको राजनीतिमा लामो समय सक्रिय रहेपछि पहिलो पटक संसदीय परिक्षामा उत्रिएका नेपाली काँग्रेसका नेता गोविन्द भट्टराईले तनहूँ इन्जिनियरिङको बृहत परियोजना लाई अगाडि सार्नु भएको छ ।
अर्थशास्त्रमा एम ए गरेका बौद्धिक नेता भट्टराईले तनहूँबासीको संबृद्धिका लागी विज्ञ साथीहरु एवं इन्जीनियरहरु सँगको सहकार्य गरेर तनहूँ इन्जीनियरिङको परियोजना ल्याएको सार्वजनिक गर्नुभएको हो । आफ्नो चुनावको महत्वपुर्ण योजनाको रुपमा तनहूँ इन्जीनियरिङ रहेको भट्टराईले बताउनु भएको हो ।
अवको २० बर्ष पछिको तनहूँ कस्तो हुने भन्ने एउटा बृहत सपना मेरो दिमागमा थियो । कुनै दिन राज्यको जिम्वेवार तहमा पुगेर त्यो सपनालाई पुरा गर्ने अभिलाषाले मूर्त रुप पाउदै छ । ‘विभिन्न क्षेत्रका विज्ञ साथीहरु, इन्जीनियरहरु संगको संयोजनमा तनहूँ इन्जीनियरिङ लाई एउटा मेघा प्रोजेक्टको रुपमा अगाडि बढाउने मेरो लक्ष्य छ’ भट्टराईले भन्नुभयो । पि एच डि स्कलर भट्टराई, तनहूँका हरेक क्षेत्रमा निकै गहिरो गरि भिजेका लोकप्रिय नेताको रुपमा चिनिन्छन । पूर्वाधारको विकासलाई मानविय सँस्कार, प्रकृतिले सजाउदै उदाहरणीय काम गर्ने मेरो हृदय देखिको चाहाना लाई साकार पार्ने अभियानमा रहेको भट्टराईले बताउनुभयो । तनहूँ इन्जिनियरिङको यो सुन्दर सपना अव तनहूँवासीको हातमा सुम्पेको उहाँको भनाई थियो । नेता भट्टराई आज तनहूँको व्यास नगरपालिकाको विभिन्न वडाहरुमा मतदातासँग भेटघाट गर्नु भएको छ । सो अवसरमा उम्मेदवार भट्टराई आफूले विगतमा गरेको काम नै जीतको आधार भएको बताउनुभयो । ‘तनहूँलाई देशकै नमुना विकास बनाउँछु भोट दिएर जिताउनुस् भट्टराईले भन्नुभयो ।

                    



				                               
							
							
							
    
    
    
    
    
    
    

