दमौलीबाट भानुको चन्द्रावतिको लागि छोटो दुरीमा बस सेवा संचालन हुदै

  • ख-
  • ख+

तनहूँ । तनहूँको सदरमुकाम दमौलीबाट भानु नगरपालिकाको चन्द्रावति जान छोटो दुरीमा बस सेवा संचालन हुन गईरहेको छ । बैशाख ४ गते बिहान ९ बजेदेखी बागेश्वरी मोटर मार्ग हुँदै दमौलीबाट , मुलपानी, पड्केपसल हुदै चन्द्रावति बजारसम्म जाने संचालन गर्न लागिएको बागेश्वरी मोटरमार्ग उपभोक्ता समितिले जनाएको छ । दमौलीबाट डुम्रे हुदै यात्रा गर्दा बाटो निकै लामो पर्ने भएकोले वागेश्वरी मार्ग हुदै यात्रा गर्दा आवागमनमा सहज हुने पनि समितिले जनाएको छ ।

दमौली बजारबाट डुम्रे बजार हुदै यात्रा गर्दा ३४ किमि दुरि पर्नेमा वागेश्वरी मार्गबाट यात्रा गर्दा २३ किलोमिटर दुरी पर्ने समितिले जनाएको छ । दैनिक रुपमा संचालन हुने बससेवा चन्द्रावती बाट बिहान ९ बजे, दमौली बाट दिउसो ४ बजे छ्ट्ने पनि समितिले जानकारी दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्