तनहूँ । ६ महिनामा १२ लाख भोट ल्याएर रास्वपाले गरेको क्रान्तिलाई डा. स्वर्णिमलाई विजय गराएर तनहूँले उचाईमा पुरयाउने राष्ट्यि स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विश्वास रहेको बताउनुभएको छ । आज तनहूँको दमौलीमा राष्ट्रिय स्वतन्त्र पार्टीको बृहत चुनावी सभा लामिछानेले उक्त कुरा बताउनुभएको हो । आमसभामा लामिछानेले हवाई चप्पल पड्काएर हिड्ने नेताहरु आज बिना कमाई हवाईजहाज चार्जर गरेर हिड्न सक्ने भएकोले ति नेताहरुको जयजयकार गर्न जरुरी नरहेको पनि बताउनुभएको थियो ।
तनहूँ क्षेत्र नं १ मा यही बैशाख १० गते हुन गईरहेको उपनिर्वाचनलाई लक्षित गरी गरिएको आम सभामा तनहूँ १ राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार डाक्टर स्वर्णिम वाग्लेले निति , नियत र योग्यता पनि सहि भएको व्यक्तिको आवश्यकता रहेकोले आफुलाई मत दिन आग्रह गर्नुभएको थियो । उक्त अवसररमा वहाँले तनहूँ क्षेत्र नं. १ कृषि, पर्यटन, उद्योग र व्यापारको संगमस्थल बनाउनु लागिपर्ने पनि बताउनुभएको थियो ।
कार्यक्रममा पुर्वमन्त्री शिशिर खनाल, सांसदहरु विराभक्त श्रेष्ठ, सोभिता गौतम, शिव नेपाली, प्रखर वक्ता रमेश प्रसाई , वरिष्ठ ईन्जिनियर श्रीराम न्यौपाने, रास्वपाका जिल्ला सभापति विकास सिग्देल, रास्वपा तनहूँ क्षेत्र नं. १ का निर्वाचन संयोजक विश्व वास्तोला लगायतका वक्ताहरुले पुराना राजनीतिक पार्टीहरुले लामो समयसम्म पनि देशको उन्नति, जनताको आर्थिक अवूथा सुधारमा ध्यान नदिएकोले अव भोट परिवर्तन गर्नुपरको बताउनुभएको थियो । उक्त अवसरमा उहाँहरुले डाक्टर स्वर्णिम वाग्लेलाई भोट दिनुस् भनेर माग्नु नै नपर्ने आदिकवि भानुभक्तको जिल्ला, ज्व्यास ऋषिको तपोभुमीका जनताले डाक्टर स्वर्णिम वाग्लेलाई भोट दिने मौका नगुमाउने बताउनुभएको थियो ।
कार्यक्रम दमौलीको अनसन चौतारीमा दिउँसो २ बजेबाट शुरु भएको थियो ।








