म्याग्देको ३ र ६ नं वडामा व्यक्तिगत घटना दर्ता सप्ताह सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • ख-
  • ख+

तनहूँ । म्याग्दे गाँउपालिका वडा नं ३ र ६ नं वडामा का व्यक्तिगत घटना दर्ता सप्ताह सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सो अभिमुखीकरण कार्यक्रम पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरले उद्घाटन गर्नुभएको थियो ।
नेपाल सरकारको वार्षिक कार्यक्रम अन्र्तगत संचालन गरिएको अभिमुखीकरण कार्यक्रममा जन्म, मृत्यृ, विवाह, वसाई सराई, सम्वन्ध विच्छेदको वारेमा प्रक्रिया र कानुनका विषयमा सहभागिहरुलाई जानकारी गराईएको थियो । वडाका टोलको अध्यक्ष, उपाध्यक्ष र सचिव, आमा समुह लाई व्यक्तिगत घटना दर्ताको वारेमा जानकारी दिईएको थियो ।
कार्यक्रमको प्रमुख अतिथी पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले व्यक्तिगत घटना नागरिकको नैसर्गिक अधिकार भएको हुदाँ सरकारले नागरिकलाई पुर्ण रुपमा सेवा दिईने वताए । घटना दर्ता प्रक्रियाका सम्वन्धमा हुने कठिनाईलाई सहज गराउने उद्येश्यका साथ अभिमुखीकरण कार्यँक्रम गरिएको हुदाँ नागरिकको अधिकारमा राज्य र पालिका गम्भिर भएको वताए । व्यक्तिगत घटना दर्ता सप्ताहले नागरिकको अधिकारको उजागर गरेको हुदाँ यो सप्ताहव्यापी कार्यक्रममा सवैले सहयोग गर्नुपर्ने वताए । कार्यmक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत जित वहादुर रानाले कार्यक्रमको महत्व र उद्धेश्य माथी धारणा राखेका थिए ।
कार्यक्रमको संचालन पालिकाका पन्जिकरण शाखाका प्रमुख एक कुमार श्रेष्ठले गरेका थिए । व्यक्तिगत घटना दर्ता सप्ताह वैशाख ७ गते सम्म चल्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्