५२ जिल्लामा देखियो डेंगु, यो वर्ष झन् चुनौतीपूर्ण

  • ख-
  • ख+

काठमाडौं । गत वर्ष असारदेखि फैलिएको डेंगुको संक्रमण यस वर्ष भने बर्खा नलाग्दै सुरू भइसकेको छ । यस वर्ष जाडो महिनामा समेत संक्रमण शून्यमा नझरेको डेंगुले गत बर्षजस्तै प्रकोपको रूप लिने स्वास्थ्य क्षेत्रका अधिकारीहरुको चिन्ता छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १५ पुसदेखि हालसम्म ५२ जिल्लामा डेंगु संक्रमित फेला परिसकेका छन् । महाशाखाका किटजन्य रोग विशेषज्ञ डा। गोकर्ण दाहालका अनुसार यो वर्ष हिउँदमा समेत केस शून्यमा झरेन ।

जाडो मौसममा पनि डेंगु शून्य नहुनुले समुदायमा लामखुट्टेले प्रशस्त मात्रामा अण्डा पारिरहेको विज्ञहरु बताउँछन् । संक्रमित लामखुट्टेले पार्ने अण्डा पनि संक्रमित नै हुन्छन् । त्यसको अण्डाबाट लार्भा, प्युपा हुँदै लामखुट्टे भएर सीधै डेंगु भाइरस सार्न सक्छ ।

लामखुट्टेले पारेको अण्डा पानी पर्ने समय नआएसम्म सुरक्षित रहने भएकाले १० महिनासम्म जम्मा भएर बसेको अण्डा पानी पर्ने बित्तिकै हुर्कन थाल्छन् । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार अघिल्लो बर्ष नै लामखुट्टेले समुदायमा प्रशस्त अण्डा पारेका छन् । ‘प्रि मौसम सुरू हुने र गर्मी बढ्नासाथ अण्डाहरू लार्भा, प्युपा हुँदै लामखुट्टे बन्छन्’, डा. पुनले भने, ‘विगतका अनुभवले यस्तै देखाइरहेको छ । सरकारले अहिले नै सक्रिय नहुने हो भने प्रकोपको रूप लिन्छ ।’ (अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?