गायक दुर्गेश थापाको युट्यूवमा १० लाख सब्सक्राइबर कट्योः पाए ‘गोल्डेन प्ले बटन’

  • ख-
  • ख+

चर्चित गायक दुर्गेश थापाले आफ्नो युट्यूव च्यानलमा १० लाख सब्सक्राइबर कटाएका छन् । यो माइलस्टोन पार गरेसँगै युट्यूवले उनलाई ‘गोल्डेन प्ले बटन’ पठाएको छ ।

युट्यूवबाट पार्सलमार्फत हिजो आफूलाई गोल्डेन बटन प्राप्त भएको दुर्गेशले जानकारी दिए । उनले आफ्नो च्यानललाई माया दिने सबै दर्शकहरुमा आभार प्रकट गरेका छन् ।

दुर्गेशले फेसबुकमा लेखेका छन्, ‘यो प्ले बटन मलाई दुर्गेश थापा बनाउन आफ्नो सिर्जना दिनुहुने सर्जक ज्युहरु, मलाई ताते ताते गर्दै सागीतिक क्षेत्रमा हिडाउने सागातिक सहयात्रीहरु, मेरो परिवारसहित तपॉंईहरु सबै प्रति समर्पित गर्न चाहान्छु । ’

दुर्गेशले सन् २०१५ को २१ सेप्टेम्बरमा आफ्नो नामबाट युट्यूव च्यानल सञ्चालनमा ल्याएका थिए । पहिलोपटक आफ्नो एउटा गीतको ट्रेलर राखेर उनले युट्यूव च्यानल अघि बढाएका हुन् । केही समयमा एउटा पञ्चेबाजाको भिडिओ अपलोड गरेपछि दुर्गेश थापा च्यानलले सब्सक्राइबर बढाएको थियो ।

लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय दुर्गेश सन् २०१९ को तिजमा ल्याएको ‘बीच बीचमा।।।’ बोलको गीतबाट हिट भएका थिए । त्यसयता उनले पछाडि फर्केर हेर्नुपरेको छैन । उनी बारम्बार विभिन्न कन्ट्रोभर्सीमा पनि पर्दै आएका छन् ।

पछिल्लो पटक दुर्गेशको उडीउडी बोलको गीत युट्यूवमा रिलिज भएको छ । यो गीत अहिले नेपालमा म्युजिक ट्रेन्डिङको २१ ‌औं नम्बरमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्