तनहूँ । आफुलाई हराउन सत्ताको चरम दुरुपयोग हुनसक्ने भएकोले तनहूँ क्षेत्र नं. १ का मतदातालाई सचेत रहन डा. स्वर्णिम वाग्लेको आग्रह गर्नुभएको छ । उहाँले सम्पूर्ण राज्यशक्ति नै आफुलाई हराउनको लागि लागेको भान भईरहेकोले निर्वाचन निष्पक्ष र स्वतन्त्ररुपमा हुन नदिने प्रपन्च रचिएकोले आम मतदाता र शुभेच्छुकहरुले मतदाता, मतदान केन्द्र, मतपेटिकाको पनि रक्षा गर्नुपर्ने ठुलो चुनौति आईपरेको वाग्लेको भनाई रहेको छ । आम मतदाताहरुमा घण्टीमा मतदान गर्न अपार उत्साह छ त्यो उत्साहलाई विथोल्न भोज भतेर लगाउने, पैसा खर्च गर्ने, डराउने, धम्क्याउने , अनेकन लोभ देखाउने गरेकोले कत्ति पनि बिचलित नभईकन मतदान गर्नुपर्ने उहाँको भनाई छ । विगतको ईतिहास हेर्दा पनि भोज भतेर गर्ने, पैसा खर्च गर्ने, डराउने, धम्क्याउने अनेकन लोभ देखाउने गरेकोले यसपटक ति कुराहरुबाट कत्तिपनि दिग्भ्रमित नभईकन तनहूँ क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टीमा मतदान गरि जनताको पक्षमा काम गर्ने आफुलाई विजयी गराउन पनि उहाँले आग्रह गर्नुभएको छ ।








