तनहूँ । तनहूँ क्षेत्र नं. १ मा हुन लागेको उपनिर्वाचनमा सबैभन्दा उत्कृष्ट उमेदवार नेकपा एमालेका सर्वेन्द्र खनाल भएको योगेश भट्टराईले दावी गर्नुभएको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा तनहूँको आयोजनामा दमौलीमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले उक्त कुरा दावी गर्नुभएको हो । उक्त अवसरमा भट्टराईले प्रचण्ड बहुमत सहित बनेको सत्तापक्षले १ सिट जित्दा केहि फरक नपर्ने बरु नेकपा एमालेले १ सिट जित्दा पनि प्रतियक्ष बलियो हुने भएकोले नेकपा एमालेलाई जिताउनुपर्ने बताउनुभएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीप्रति ईन्गित गर्दै नेता भट्टराई उक्त पार्टी पनि सत्तारुढ दल भएकोले उहाँहरुको केहि फरक हैसियत नभएको बताउनुभएको थियो ।
कार्यक्रम प्रेस चौतारी नेपाल जिल्ला शाखा तनहूँका अध्यक्ष राजकुमार श्रेष्ठ (बिबि) सभापतित्वमा भएको थियो ।








