तनहूँ । तनहूँको दमौलीमा तनहूँ क्षेत्र नं. १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेका बुवा जीवनराम वाग्ले चढ्ने गाडी तोडफोड भएको छ।
व्यास नगरपालिका वडा नं. ३ दमौली स्थित मालपोत लाईनको सन्तोष होटल अगाडि राखिएको बा ११ च ४२५० नम्बरको मारूती गाडी तोडफोड भएको जिल्ला प्रहरी कार्यालय तनहूँले जानकारी दिएको छ।
गएराती करिब १ बजे अज्ञात समूहले गाडी तोडफोड गरेका र गाडिको साइड साइडका सिसा फुटेको जिल्ल प्रहरी कार्यालय तनहूँले जानकारी दिएको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान भईरहेको र घटनास्थल वरपरका सिसिटिभी फुटेज संकलन गरि संलग्नलाई अनुसन्धान गर्ने र संलग्नलाई कारबाहीको दायरामा ल्याइने पनि प्रहरीले बताएको छ ।








