तनहूँ । तनहूँ १ को उपनिर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गणतन्त्र नेपालको राष्ट्रपति निर्वाचित भएपछि खालि भएको क्षेत्रमा आज भएको निर्वाचनमा कुल ५१.७% मत खसेको छ ।
आज भएको निर्वाचनमा ९ दलका उमेदवार भएपनि मुख्यत नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका डाक्टर स्वर्णिम वाग्लेबिच मुख्य प्रतिष्पर्धा हुने आंकलन गरिएको छ ।
कुल मतदाता १,२३,३०५ भएकोमा ६३७५७ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
मतदानस्थलबाट मतपत्हरुको आउने क्रम जारी रहेको र सर्वदलीय बैठक पश्चात राति बाट नै मतगणना शुरु गरिने सहमति भएको राजनीतिक दलका प्रतिनिधहरुको भनाई रहेको छ ।








