नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–१५ मा गाडीको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ।
मध्यविन्दु नगरपालिकाको बा २ झ २३१२ नम्बरको गाडीको ठक्करबाट बालक आदित्य माझीको मृत्यु भएको चोरमारा प्रहरी चौकीका सई ढाकाराम लामिछानेले बताए।
दुर्घटनापछि सवारी र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
घटनाको विषयमा अनुसन्धान भइरहेको लामिछानेले बताए।
मध्यविन्दु नगरपालिकाबाट फोहरमैला व्यवस्थापन केन्द्रको अनुगमनका लागि गएको बेला उक्त सवारी दुर्घटना भएको नगरपालिकाले जनाएको छ। (सेतोपाटी)








