तनहूँ । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पुर्व मन्त्री शंकर भण्डारीकै गृह वडामा राष्ट्रिय स्वतन्त्र पार्टी करिब दोब्बरले अगाडी भएको । सोमबार भएको निर्वाचन मतगणना केन्द्रीय सदस्य भण्डारीको वडा भानु नगरपालिका वडा नम्बर ९ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा करिव दोब्बर मत प्राप्त गर्नुभएको हो ।
रास्वपाका वाग्लेले ८१४ मत पाउदा कांग्रेसका भट्टराईले ४५६ मत र एमालेका सर्बेन्द्र खनालले ३८६ मत पाएको उक्त वडामा १६८८ मत खसेको थियो ।








