अत्याधिक मतका साथ डा. स्वर्णिम वाग्ले तनहूँ क्षेत्र नं. १ मा निर्वाचित

  • ख-
  • ख+

तनहूँ । बैशाख १० मा सम्पन्न उप निर्वाचनमा तनहूँ क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्ले विजयी हुनुभएको छ। २०७९ मंसिर ४ मा भएको निर्वाचनमा विजयी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि उक्त स्थानमा उपनिर्वाचन हुदाँ अर्थविद् डा. वाग्ले निर्वाचित हुनुभएको हो।

क्षेत्र नं. १ का ४२ वटा वडाको मत गणनामा डा. वाग्लेले ३४,९१९ मत प्राप्त गर्नुभएको छ । केहि वडाका मतगणना हुनु अगावै विजयी हुन आवश्यक मत प्राप्त गर्नुभएका डा. वाग्लेका प्रतिद्धन्छिी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २०,१२२, नेकपा एमालेका सर्वेन्द्र खनालले ८,४८८ मत प्राप्त गर्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?