लोकप्रिय मतमा ओलीको रेकर्ड तोड्दै रवि लामिछाने चितवनबाट विजयी

  • ख-
  • ख+

तनहूँ। लोकप्रिय मतमा नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको रेकर्ड तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनबाट विजयी हुनुभएको छ । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा रवि लामिछाने भारी मतान्तरका साथ विजयी हुनुभएको हो । अन्तिम परिणाम अनुसार लामिछानेले ५४, १७६ मत प्राप्त गर्नुभएको छ । लामिछानेका प्रतिस्पर्धी सत्तारुढ गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ११,२१४ मत प्राप्त गर्नुभएको छ । दुईजनाबीचको मतान्तर ४२ हजार ९६२ रहेको छ ।

तेश्रो स्थानमा रहनुभएका नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने १० हजार ९३६ मत ल्याउनुभएको थियो ।

लामिानेले नागरिकतासम्बन्धी विवादमा दोषी ठहर भएर सांसद पद गुमाएपछि बैशाष १० मा भएको उपनिर्वाचनमा पुनः विजयी हुनुभएको हो।

लामिछानेले गत संसदीय चुनावमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ल्याएको सर्वाधिक मतको रेकर्ड तोड्भएको हो ।ओलीले झापा ५ बाट ५२ हजार ३९१ मत प्राप्त गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?