आफ्नो लडाई प्रवृत्तिसग भएको डा. स्वर्णिम वाग्लेको भनाई (भिडियो सहित)

  • ख-
  • ख+

तनहूँ । तनहूँको क्षेत्र नं. १ मा सम्पन्न उपनिर्वाचनमा विजयी सांसद डा. स्वर्णिम वाग्लेले आफु निर्वाचनमा होमिदा प्रवृत्ति विरुद्ध होमिएको बताउनुभएको छ । उक्त क्षेत्रबाट निर्वाचित सांसद नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि खालि भएको उक्त क्षेत्रमा भएको उपनिर्वाचनमा विजयी भएपश्चात निर्वाचन आयोगद्धारा आयोजित प्रमाण पत्र हस्तान्तरण कार्यक्रममा डा. वाग्लेले सो कुरा व्यक्त गर्नुभएको हो । उक्त अवसरमा डा. वाग्लेले आफुलाई बधाई तथा शुभकामना दिन आउनुभएका आफ्ना प्रष्तिपर्धी नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले उच्च लोकतान्त्रिक संस्कार देखाएको र आफु गोविन्द भट्टराई जस्तो शालिन, विद्यार्थी राजनीतिबाट खारिएर आएको नेतालाई हराउन तनहूँ नआएको बताउनुभएको थियो साथै आफ्नो लडाई प्रवृत्ति भएकोले गोविन्द भट्टराईले हार्दा आफु दुःखित भएको पनि डा. वाग्लेले बताउनुभएको थियो ।

उक्त अवसरमा डा. वाग्लेले आफु जनताले आफुलाई दिएको प्रत्येक मतको मुल्य बुझेर अगाडि बढ्ने र काम गर्दा कमिकमजोरी भए सचेत बनाउन सबैलाई आग्रह गर्नुभएको थियो ।

उक्त अवसरमा गठबन्धनका उमेदवार एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले विजयी डा. स्वर्णिम वाग्लेलाई बधाई दिदै लोकतन्त्रलाई बलियो बनाउन सबै लाग्नुपर्ने बताउनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?