उपनिर्वाचनको हारबाट बिचलित नहुन एमालेका नेता रामबहादुर गुरुगंको अपिल

  • ख-
  • ख+

तनहूँ । हालसालै सम्पन्न उपनिर्वाचनमा तनहूँ १ बाट हार बेहोरेकोमा विचलित नभईकन गल्ती सच्याएर अगाडि बढ्न नेकपा एमालेका नेता रामबहादुर गुरुगंले अपिल गर्नुभएको छ । एक विज्ञप्ति जारी गर्दै गरुगंले यो अवस्था आउनुमा कस्को भुमिका कमजोर भयो ? के हाम्रो कमान्डर नै सक्षम थिएनन् त ? कस्ले धोका दियो ? यो अवस्था सृजना हुनुको नैतिक जिम्मेवारी कस्ले लिने ? आज हामी बिच यो प्रश्न चिन्ह खडा भएको छ भन्नुभएको छ ।

विज्ञप्ति

तनहूँ क्षेत्र नं १ मा नेकपा एमालेको अप्रत्यासित हारका साथ उपनिर्वाचन २०८० सम्पन्न भयो।
चार खण्ड तलको लज्जास्पद परिणामले नेकपा एमाले तनहूँ १ मात्र हैन समग्र पार्टी पंक्ति शुभेच्छुक र मतदाता समेतलाई दुः खित तुल्याएको छ । राष्ट्रिय अन्तराष्ट्रिय जगतमा ख्याती कमाएको देशकै शक्ततशाली पार्टीको यो नतिजाले पार्टी प्रति इमान्दार सिपाहीहरुलाई झस्काएको मात्र होइन हाम्रा मिग्र निर्णय, गतिविििध, कार्यशैली र आचरण प्रति नै प्रश्न चिन्ह खडा गरिदिएको छ। यो अवस्था आउनुमा कस्को भुमिका कमजोर भयो ? के हाम्रो कमान्डर नै सक्षम थिएनन् त ? कस्ले धोका दियो ? यो अवस्था सृजना हुनुको नैतिक जिम्मेवारी कस्ले लिने ? आज हामी बिच यो प्रश्न चिन्ह खडा भएको छ । आज हामी आफैले आफैसग प्रश्न गरेर आत्क्षाममिक्षा गर्ने बेला आएको छ ।
केन्द्रीय शिर्ष नेताहरु, प्रदेश तथा स्थानीय नेता कार्यकर्ता केन्द्रीत भएको ठाउँमा यो लज्जास्पद स्थिति स्वाभाविक हुँदै होइन । यो हाम्रो पार्टी र हाम्रो कार्यशैली प्रतिको चुनौति हो ।
अब हामीले आत्मसमिक्षा गर्दै सहि ठाउँमासहि नेतृत्व चयन गदै उदार भावनाका साथ युवा जगतको मनमन्दिरमाप्रवेश गर्नुछ । युवाहरुको भावनालाई सम्बोधन गर्दै अगाडि बढ्नुछ ।
हारेको मानसिकता बोकर अब अगाडिको चुनौतिसग भिड्न सकिदैन । त्यसैले चुनावमा हार जित स्वभाविकहो भन्ने भावनाले आ आफ्ना त्रुटिहरु सच्याृदै जनता सामु पुग्न सबैमा अपिल गर्न चाहान्छु । आम मतदाताज्यूहरू तपाईहरुले गरेको सहयोग सद्भाव र मतको हामी सम्मान गर्दछौ । अब तपाईहरू निराश नभई हाम्रो आगामी अभियानमा समेत साथ दिनेहुनेछ हामी सुधारिएर, सच्चिएर तपाईहरुको साथ र सहयोग लिएर गुमेको गौरवमय पार्टीको साखलाई फिर्ता ल्याउनेछौ । यो काममा हामी सबै दत्तचित्त भएर लाग्ने बाचा गर्न चाहन्छु र सबै पार्टीपंक्ति प्रति धैर्य धारण गर्न पनि आग्रह गर्दछु ।
धन्यवाद ।
रामबहादुर गुरुगं
नेता, नेकपा एमाले

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्