चोरीको मोवाईल सहित सुनिल थापा दमौलीमा पक्राउ

  • ख-
  • ख+

तनहूँ । चोरीको मोवाईल सहित दमौलीको भोर्लेटार चोकबाट सुनिल थापा पक्राउ परेका छन् । बैशाष ५ गते बिहानीपख करिब ५ बजेको समयमा तनहूँको व्यास नगरपालिका वडा नं. ४ स्थित बस्ने सैलेन्द्र पण्डितको डेराबाट मोवाईल तथा नगद समेत चोरी गरी फरार रहेका सुनिल थापालाई प्रहरीले पक्राउ गरेको हो । व्यास ५ सागे बस्ने बर्ष २२ को सुनिल थापालाई जिल्ला प्र्रहरी कार्यालय तनहूँबाट खटिएको प्रहरी टोलीले चोरी भएको मोबाइल सेट थान १ सहित थापालाई बैशाष १४ गते दिउसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ । साथै निजलाई आजै तनहूँ जिल्ला अदालतबाट दिन ७ को म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्