कोरोनाभाईरस १ जनाको मृत्यु थप ५१ जनामा कोरोना संक्रमण

  • ख-
  • ख+

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिबार उपचारका क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार दुई सय ३८ जनामा गरिएको परीक्षणमा ५१ जनामा कोरोना सङक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै ३५ जना संक्रमणमुक्त भएका छन् । हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३६१ रहेको छ । यस्तै संस्थागत आइसोलेसनमा २७, सघन उपचार कक्ष (आईसीयू) मा आठ र भेन्टिलेटरमा एक जना उपचाररत छन् ।

कोरोना भाइरस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्