तनहूँ । भिरबाट लडी ऋषिगंमा कृष्णकुमार थापाको मृत्यु भएको छ । बैशाष १६ गते दमौली बजार आई आफ्नो आँखा सम्बन्धि उपचार गराई उपचार पश्चात घर फर्कदै गरेका ५३ बर्षिय थापाको करिब १०ः३० बजेतिर भिरबाट लडि मृत्यु भएको हो । ऋषिङ गाउँपालिका वडा नं। ७ बाजगराका थापाको शव थापाका घरदेखी नजिकै रहेको चण्डि भयर सामुदायिक बनको गोरेटो बाटोदेखी करिब १०० मिटर तल पल्टिई भिरमा रहेको झङ्कलेको रुखमा अड्किएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ ।
१७ गते बिहान ८ बजेको समयमा प्रहरी चौकी रिसिङ रानीपोखरीमा खबर पश्चात जिल्ला प्रहरी कार्यालय तनहूँबाट प्र.नि. राजकुमार बि.क.समेतको अनुसन्धान टोली, गण्डकी प्रदेश प्रहरी गण पोखराबाट खटिएको बिपद् उद्दार समेतको संयुक्त टोली र स्थानिय मानिसहरुको सहयोगमा साढे तिन घण्टाको निरन्तर प्रयास पश्चात मृतक कृष्ण कुमार थापाको मृत लाशलाई भिरदेखी निकाली मृत लासको लासजाँच मुचुल्का समेतको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी लास पोष्टमार्टमको लागी दमौली अस्पतालको शव गृहमा राखिएको पनि पजल्ला प्रहरी कार्यालय तनहूँल जनाएको छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले बताउनुभएको छ ।

                    



				                               
							
							
							
    
    
    
    
    
    
    

