सशस्त्र प्रहरीद्धारा प्रति आतंकवाद इकाई गठन

  • ख-
  • ख+

काठमाडौँ । सशस्त्र प्रहरीले प्रति आतंकवाद इकाई गठन गरेको छ । प्रति आतंकवाद इकाई गठन गरेर काम सुरु गरिएको सशस्त्र प्रहरीका प्रवक्ता (एसएसपी) राजेन्द्र खड्काले जानकारी दिनुभयो ।

सोमबार सशस्त्र प्रहरी प्रधान कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक खड्काले सो कुरा बताउनु भएको हो । खड्काका अनुसार ‘प्रति आतंकवाद इकाई गठन गरेर काम प्रारम्भ गरिएको छ ।

प्रति आतंकवाद इकाई कार्य विभागमा अन्तर्गत राखिएको छ । प्रतिआतंकवाद इकाईमा काम गर्ने अधिकारीहरूलाई कार्य तालिका बनाएर तालिम प्रदान गर्न लागिएको एसएसपी खड्काले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्