ढिस्कोले पुरिएर ४ जनाको मृत्यु

  • ख-
  • ख+

इलाममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ । इलाम जिल्लाको सूर्योदय नगरपालिका–१० फिक्कलमा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको हो ।

स्थानीय विनोद श्रेष्ठको घडेरी खार्ने क्रममा ढिस्कोले पुरिएर बेपत्ता भएका भारतीय कामदारको मृत्यु हो ।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले चारैजनाको ढिस्कोले पुरेर मृत्यु भएको जानकारी दिए ।

उनका अनुसार सूर्योदय नगरपालिका १० फिक्कलको छिपिटार जोडिने रिङरोड क्षेत्रमा घर बनाउने क्रममा माथिबाट आएको ढिस्कोले उनीहरुलाई पुरेको थियो ।

मृत्यु हुनेमा १८ देखि २० वर्ष उमेर समूहका बिहार बस्ने किसानगञ्जका तोसिव आलम, सोही ठाउँ बस्ने अजि मोदिन, मुजाफर आलम र अब्दुल आलम रहेको बताइएको छ । अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्