मेरो तनहूँ जिल्ला भन्दै डा. स्वर्णिम वाग्लेले गरे संसदमा सम्बोधन ( भिडियो सहित)

  • ख-
  • ख+

तनहूँ । बैशाष १० को उपनिर्वाचनमा तनहूँ क्षेत्र नं. १ बाट निर्वाचित सांसद डाक्टर स्वर्णिम वाग्लेले मेरो तनहूँ जिल्ला भन्दा थोरै जनसंख्या भएको देशले दिगो बिकासमा धेरै काम गरेकोले हामीले पनि सिक्नुपर्ने बताउनुभएको छ । संसद बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद अर्थविद् डा. वाग्लेले मेरो तनहूँ जिल्लाको जनसंख्या ३ लाख १५ हजार भएको र त्यो भन्दा कम जनसंख्या भएको बार्बेडोस नामको सानो देशले धेरै कामहरु गरेको बताउनुभएको हो ।
उक्त सम्बोधनमा डा. वाग्लेले विकृत राज्य व्यवस्थाको अभ्यासमा माथिल्लो तह लागेकोले तल स्थानिय तहमा पनि त्यस्को सिको गरिएको हुनाले अख्यिारमा परेका उजुरीहरु ५० प्रतिशतभन्दा बढि स्थानिय तहसग सम्बन्धित रहेको बताउनुभएको थियो साथै उहाँले स्थानिय तहमा विभिन्न शिर्षकमा बजेट पठाउदा सिस्टमेटिक बनाए पठाउनुपर्ने बताउनुभएको थियो ।
नयाँ आर्थिक बर्षको बजेट पेश गर्ने समय आएको परिप्रक्ष्यमा संचालन भएको संसदमा अर्थविद् डा. वाग्लेले आफु नेपाली कांग्रेसमा हुदाँ लेखेको आर्थिक सुधारका कुराहरु लेखिएकोले अर्थमन्त्रीले ति कुराहरु अध्ययन गरेर त्यसलाई पनि कार्यन्वयनमा उर्तानका साथै अर्थतन्त्रको गतिसग सामन्जस्य नदेखिएकोले त्यसलाई अलि फरक ढंगले सोच्न आग्रह गर्नुभएको थियो ।
परिणात्मक बिकासबाट गुणात्मक बिकासमा उल्लेख्य काम हुन नसकेको उक्त अवसरमा डा. वाग्लेले बताउनुभएको थियो । विद्यालय भवन, स्वास्थ्य संस्थाका भवन बनेर मात्र नहुने र तिनीहरुको संचालनमा बिशेष ध्यान दिएर बजेट ल्याउन पनि उक्त सम्बोधनमा डा. वाग्लेले बताउनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?