म्याग्दे गाँउपालिका स्तरीय एकल महिला संजालको अध्यक्षमा धनमाया आले चयन

  • ख-
  • ख+

बि.बि. श्रेष्ठ । तनहूँ । एकल महिला संजालको अध्यक्षमा धनमाया आले चयन हुनुभएको छ ।। म्याग्दे गाँउपालिका स्तरीय एकल महिला संजालको अध्यक्षमा आले चयन हुनुभएको हो ।
त्यसैगरि संजालको उपाध्यक्षमा ईश्वरी श्रेष्ठ, सचिवमा कमला कुमाल, कोषाध्यक्षमा अनिता थापा, सहसचिवमा कृष्णमाया वस्याल चयन हुनुभएको छ भने सदस्यहरुमा सत्यकला न्यौपाने, विमला रानाभाट, सरला अधिकारी, सिता परियार, श्रृजना सुनार, मन्जु थापा, पुनम थापा, ईश्वरी वाग्ले, सर्मिला कुमाल र ईन्द्रा थापा रहनुभएको छ ।
कार्यक्रममा म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले एकल महिला समाज परिवतनको अंश भएको हुदाँ समाजले एकल महिलालाई सँगै हिडाउनुपर्ने वताउनुभयो । विभिन्न घटनाक्रमका कारण एकल जीवन व्यतित गरेका महिला दिदी वहिनीहरुको वाध्यतालाई समाजले सहयोग गर्नुपर्ने बताउनुभएको थियो । ।
यसैगरि कार्यक्रमका विशिष्ट अतिथी वालकृष्ण घिमिरले राज्यले नै एकल महिलाको हक अधिकार सुनिश्चित गरेको हुदाँ एकल महिलालाई हेलत्व भाव राख्न नहुने बताउनुभएको थियो । समाज रुपान्तरणको हरेक भागमा सवैमा महत्व हुने हुदाँ एकल महिलाले पनि समाज परिवर्तनको नेतृत्व गर्न सक्ने हुदाँ पालिका यस मामिलामा गम्भिर भएको बताउनुभएको थियो । ।
कार्यक्रमको वारेमा शारदा ग्रैहे पौडेलले सहजीकरण गर्नुभएको कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत, वडाध्यक्षहरुले धारणा राख्नुभएको थियो भने अनिता थापाले संचालन गरेको कार्यक्रममा आशा गुरुङले सहभागीहरुलाई स्वागत गरेका थिए । सो अवसरमा १ दिने कार्यशाला गोष्ठी समेत संचालन गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्