भुटानी शरणार्थी प्रकरणमा पक्राउ बालकृष्ण खाणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राख्न अनुमति

  • ख-
  • ख+

काठमाण्डां । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।

काठमाडौं जिल्ला अदालतले म्याद थपसम्बन्धी आदेशमा उनीसहितलाई म्याद थपको अनुमति दिएको हो ।

यो प्रकरणमा हालसम्म सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजीत राई, पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलगायत पक्राउ परेका छन् । टोपबहादुरविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ । तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीकविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

काठमाडौं जिल्ला अदालतले शनिबारदेखि गणना हुने गरी चार दिनको समय दिएको हो ।

यो प्रकरणमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गते तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । ठगीबाट सुरू भएको अनुसन्धान पछि संगठित अपराध पनि थपिएपछि प्रहरीलाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने बाटो खुलेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?