बलात्कार आरोपमा पूर्व क्याम्पस प्रमुख पक्राउ

  • ख-
  • ख+

दाङको देउखुरी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख शेषमणि गौतम बलात्कारको आरोपमा दाङको लमहीबाट पक्राउ परेका छन् । गए राति प्रहरीले गौतमलाई आफ्नै निवासबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

२६ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाइ बलात्कार गरेको आरोपमा लमही नगरपालिका वडा नम्बर ५ रातोडाँडा निवासी गौतमलाई प्रहरीले पक्राउ गरेको हो ।

आइतबार दिउँसो करिब १२ बजे गौतमले ती युवतीलाई आफ्नै घरमै लगेर बलात्कार गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए ।

उनका अनुसार गौतमलाई आवश्यक कारबाहीको लागि मुद्दा दर्ता गरी म्याद थपको लागि अदालत ल्याउने तयारी भइरहेको जानकारी दिए ।

गौतम नेपाली कांग्रेसका जिल्ला सदस्य, देउखुरी बहुमुखी क्याम्पसका हालका प्राध्यापक तथा सञ्चालक समितिका कोषाध्यक्ष हुन् । (नेपाल प्रेस)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्