कास्की । पोखरामा बिजुलीको पोलमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

गएराति करिब सवा १ बजेतिर हल्लनचोकबाट गैह्राको चौतारातर्फ जाँदै गरेको ग २४ प ३१० नम्बरको मोटरसाइकल खहरेचोकस्थित बिजुलीको पोलमा ठोक्किएको थियो ।

सो दुर्घटनामा मोटरसाइलको पछाडि सवार काठमाडौं कपनका १८ वर्षीय सफल खतिवडाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका खतिवडाको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक तनहूँको म्याग्दे गाउँपालिका वडा नम्बर ४ थर्पु बस्ने १७ वर्षीय संगम बानियाँ घाइते भएका छन् । उहाँको टाउको र घाँटीमा चोट छ ।

मोटरसाइकल आफैं अनियन्त्रित भई सडकको छेउको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय बैदामको टोलीले उद्धार गरेर घाइतेलाई अस्पताल पठाएको थियो ।

अन्तिम पटक अध्यावधिक गरिएको 93 Viewed

प्रतिक्रिया दिनुहोस्