प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार नारायण खड्कालाई

  • ख-
  • ख+

तनहूँ । प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार नारायण खड्कालाई प्रदान गरिने भएको छ । प्रेस चौतारी नेपाल तनहुँको अध्यक्ष राजकुमार श्रेष्ठ (विवि)को अध्यक्षतामा वसेको वैठकले खड्कालाई उक्त क्रियाशिल पत्रकारिता पुरस्कार दिने निर्णय गरेको हो ।
पत्रकारिता पेशामा लामो समयदेखि क्रियाशिल खड्का सगरमाथा टेलिभिजनको जिल्ला सम्वाददाता र भन्ज्याङ राष्ट्रिय दैनिकका सम्पादक समेत हुनुहुन्छ ।
यसैगरि वैठकले यहि जेठ १९ गते शाखाको साधारण सभा समेत गर्ने निर्णय गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्