तनहूँ । करेन्ट लागेर म्याग्दे गाउँपालिका वडा नं. ६ अकलाका बिमल थापाको मृत्यु भएको छ । बेलुकी करिब ४ बजेको समयमा म्याग्दे ६ अकला स्थित घरदेखी १ कि. मि. उत्तर तर्फ रहेको भब्बियोको रूखमा चढी घाँस काट्ने क्रममा अचानक करेन्ट लागी रुखबाट भुईमा लडिरहेको अवस्थामा थापा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहूँ सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभएको छ ।

थापालाई तत्काल उपचारको लागी जि. पि. कोईराला श्वास प्रश्वास केन्द्र बेलचौतारा पठाएकोमा उपचारको क्रममा २१ बर्षिय थापाको मृत्यु भएको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको पनि सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 602 Viewed

प्रतिक्रिया दिनुहोस्