आदिकवि भानुभक्त क्याम्पस रक्तदान कार्यक्रम सम्पन्न

  • ख-
  • ख+

तनहूँ । १६ औं गणतन्त्र दिवसको अवसरमा स्वतन्त्र विद्यार्थी युनियन, आदिकवी भानुभक्त क्याम्पसको आयोजना र जिल्ला रेडक्रस तनहूँको सह–आयोजनामा मंगलबार विहान क्याम्पस प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमलाई जिल्ला रेडक्रस कास्कीले प्राविधिक सहयोग र व्यास नगरपालिकाले आर्थिक सहयोग गरेको थियो । रक्तदान कार्यक्रममा ५१ जना रक्तदाताहरुबाट ५१ पिन्ट रगत सङ्कलन भएको थियो ।

क्याम्पसको स्ववियुका अध्यक्ष गौरब पन्थको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथि व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपाने, विशिष्ठ अतिथि प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, अतिथिहरुमा कालिभञ्ज्जन गणका गणपति कर्णेल रामज्योति बोहोरा, क्याम्पस सञ्चालक समिति अध्यक्ष बुद्धिमान श्रेष्ठ, जिल्ला अनुसन्धान कार्यालय तनहूँका प्रमुख सुरेशकुमार तिवारी, इन्जिनियर सुरेश अधिकारी, नेपाल रेडक्रस सोसाइटी तनहूँका मन्त्री सूर्यचन्द्र हड्खले , क्याम्पस सञ्चालक समिति सदस्य मोहन गिरी, क्याम्पस प्रमुख महाप्रसाद हड्खले, पब्लिक क्याम्पस प्राध्यापक सङ्घ क्याम्पस इकाइ अध्यक्ष विजयराज खनाल, जिल्ला रेडक्रस सोसाइटी तनहूँका युवा तथा जूनियर प्रमुख विमल गिरी, निर्मल माध्यमिक विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष हरिशरण खनाल, क्याम्पस सहायक प्रमुखद्वय डा.रामकुमार अधिकारी, सागर पौडेल, विभागीय प्रमुख, प्राध्यापक÷कर्मचारी, विद्यार्थीहरुको उपस्थिति रहेको थियो । क्याम्पस सञ्चालक समितिको अध्यक्ष श्रेष्ठद्वारा स्वागत गरिएको उक्त कार्यक्रमको सञ्चालन स्ववियु सचिव अनुप आले मगरले गर्नुभएको थियो ।

“रक्तदान गरौं जीवन उपहार दिऊ“ भन्ने उच्च आदर्शबाट प्रेरित भई रक्तदान कार्यक्रममा रक्तदाताको रुपमा तपशिलका रक्तदाताहरु सहभागी हुनु भएको थियो ।
उक्त कार्यक्रममा रक्तदान गर्नुहुने रक्तदाताहरुमा डा. रामकुमार अधिकारी, चिरन्जीवि बस्नेत, रमेश गिरी, रुपक श्रेष्ठ, बुद्ध कुमार श्रेष्ठ, सुदर्शन पोख्रेल, तिर्थराज रानाभाट, नवराज गुरुङ, सन्जिता गोदार, स्मृति रानाभाट, ज्योति श्रेष्ठ, निराजन श्रेष्ठ, पुस्पा आचार्य, सुस्मा परियार, आकृति गुरुङ, रोशन रिजाल, आशिष दरै, प्रमिला अधिकारी, रमेश नेपाली, विशाल रुचाल, विपना राना, युवराज डौलिया, विपना भण्डारी, विनिता विक, उषा गुरुङ, हरसन कायस्थ, धनबहादुर आले, ईभा गौतामे, स्मृति कार्कि, सरिता पन्थ, अनुकुमारी शाह, हरी लामिछाने, सगिता राना, सुस्मिता दवाडी, कपिल गुरुङ, दुर्गा श्रेष्ठ, विकास थापा, विजय आले मगर, विकल श्रेष्ठ, सानि आले, दिनेश विश्वकर्मा, सविन लामिछाने, सुमन खड्का, अभिषेक चापागाई, पुजन दुलाल, प्रदिप कडेल, अर्जुन पौडेल, सुदिप सुनार, रामज्योति बोहरा, अनमोल प्रधान, बर्षा गुरुङ रहनु भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?