तनहूँ । तनहूँको व्यास नगरपालिकाले खानामा अत्याधिक खर्च गरेको भनी सामाजिक सञ्जालनमा आएको प्रतिक्रिया प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
आ.ब. २०७८÷०७९ को म.ले.प. प्रतिवेदनमा खाना तथा विविध खर्च शिर्षकमा १ करोड ११ लाख ४ हजार रुपैया खर्च भएकोमा नगरपालिकाले खानामा अत्याधिक खर्च गरेको भनी सामाजिक संञ्जालनमा आएका क्रिया प्रतिक्रिया प्रति नगरपालिकाको ध्यानाकर्षण भएको जनाएको हो । विविध शिर्षकमा विभिन्न कार्यक्रमहरुको खर्च समेत समावेश भएकाले बढी खर्च देखिएको पालिकाले जनाएको छ । शिर्षक नमिलेको सो खर्च देखिएको नगरपालिका प्रवक्ता जीवन गुरुङद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
गोष्ठी सम्मान अनुभव आदान प्रदान वैठक,महिला स्वंयसेविका सहयोग,वडामा सडकमा क्याट आई राख्ने, वडामा भएका योजना र नालासफाई,आधारभुत विद्यालयमा न्यानो कपडा वितरण,शिक्षा स्वास्थ्य कृषि टोल समन्वय वैठक,खाना, खाजा तथा विविध,वडा व्यवस्थापन,स्टेशनरी खेलकुद सामाग्री,कार्यालय विविध सामाग्री,छपाई फ्लेक्स,कोभिड १९ रोकथाम नियन्त्रण प्रयोगशाला सञ्चालनमा सो रकम खर्च गरिएको विज्ञप्तीमा जनाईएको छ । खानामा विहानमा सरसफाईमा खट्ने कर्मचारीको समेत जोडिएको नगरपालिकाले जनाएको छ । विज्ञप्तीमा खर्चको शिर्षक समेत छुट्टाईएको छ ।
नगरपलिकाका अनुसार महालेखा परिक्षकको प्रतिवेदनमा नेपाल सरकारले जारी गरेको सार्वजनिक खर्चमा मितव्ययिता कायम सम्बन्धी मापदण्ड अनुसार खर्च गरिएको छ । मितव्ययिता कायम सम्बन्धि २०७७ को दफा ३ मा सार्वजनिक निकाय तथा सार्वजनिक पद धारणा गरेको व्यक्तिले सरकारी कामको सिलसिलामा खर्च गर्दा कार्यालय सामान, मसलन्द, पानी, विजुली, इन्धन, विविध खर्च लगायतका शिर्षकमा खर्च गरी मितव्ययिता कायम हुने गरी खर्च गर्नुपर्ने व्यवस्था छ । यस्तो खर्चमा मितव्ययिता कायम गर्नुपर्दछ भनी लेखिएको र सोही अनुसार खर्च गरिएको छ नगरपालिकाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
महालेखा परिक्षकको प्रतिवेदन २०७८।७९ मा खाना तथा विविध खर्चमा १ करोड ११ लाख ४ हजार खर्च भएको देखिएकोले मितव्ययीता कायम राख्न निर्देशन दिएको थियो ।









