लागुऔषध सहित आँबुखैरेनीमा समातिए सम्राट

  • ख-
  • ख+

तनहूँ । लागुऔषध सहित आँबुखैरेनीमा समातिए सम्राट चौधरी थारु समातिएका छन् । २३ गते बिहान ८ः ३० बजेको समयमा पृथ्बी राजमार्गको मुग्लिङबाट आँबुखैरेनी तर्फ आउदै गरेको ग १ ख ८६१८ नम्बरको यात्रु वाहक बसमा यात्रारत थारुलाई लागु औषध सहित समातिएको हो । उक्त बस रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला मोरङ कानेपोखरी गाउँपालिका वडा नं. ४ बयरबन बस्ने बर्ष २४ को सम्राट चौधरी थारुले सेतो बोरा भित्र लुकाई राखेको अवस्थाको १३ के.जी. ५०० ग्राम अवैध लागु औषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहूँ सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाणले जानकारी दिनुभएको छ ।

उक्त लागु औषध सहित निज सम्राट चौधरी थारुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय आबुँखैरेनी तनहूँबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहूँ सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाणले जानकारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्