दमौलीको सत्यवती मा.वि. मा चलखेल गर्न लेखापालको लिखित परिक्षा स्थगित गरिएको आशंका

  • ख-
  • ख+

तनहूँ । तनहूँ दमौलीको सत्यवती माध्यमिक विद्यालयको लेखापालको लिखित परिक्षा स्थगित गरिएको छ । विद्यालयमा लेखापालको पद रिक्त भएपछि विद्यालयले जेठ २ गतेको पत्रिकामा व्यास नगरपालिका शिक्षा तथा सामाजिक विकास शाखाको अनुमति अनुसार यस विद्यालयलाई कर्मचारी आवश्यकता भएकोले कार्यालय सहयोगी (लेखापाल) आवश्यक भएको र खुल्ला प्रतियोगिताद्धारा करारमा पदपुर्ति गरिने जनाईएको थियो ।

१७ जनाले उक्त पदमा आवेदन दिएपश्चात जेठ २३ गते दिनको ११ बजेबाट परिक्षा मिति तोएिकोमा १६ जना परिक्षार्थीहरु उपस्थित भएपनि माथिको आदेश भन्दै परिक्षा संचालन गरिएन । परिक्षामा सहभागी हुन जम्मा भएका आवेदकहरुले ”किन परिक्षा नगरिएको ?” भनेर प्रश्न गर्दा ”अनुपस्थित हुने १ जना आवेदक पावरफुल मान्छे भएकोले उस्लाई सहभागी नगराईकन परिक्षा गर्दा आफुहरुलाई गारो पर्ने ” बताएको उक्त परिक्षामा सहभागी हुनको लागि गएका १ परिक्षार्थीका अभिभावकले नाम नबताउने सर्तमा बताउनुभएको छ । सामान्यता परिक्षामा सहभागी हुनको लागि लागि आवेदकहरुले सम्पर्क गर्नुपर्ने भएपनि विद्यालयले सम्पर्क गरि परिक्षा मिति खबर गरेको थियो तर पनि १ जनामात्र अनुपस्थित रहदा परिक्षा स्थगित गरिनुले ”देखाउनकै लागि मात्र परिक्षा गरे झैं गरेर चलखेल गर्न लागेको” परिक्षार्थीले शंका व्यक्त गरेका छन् ।
”परिक्षामा १ जना सहभागी भएनन् , फोन गरेर पावर लगाए भन्दैमा परिक्षा रोक्ने हो भने त प्रत्येक दिन १ जना अनुपस्थित होलान् कति दिनसम्म परिक्षा स्थगित गर्ने ?” एक जना परिक्षार्थीले आशंका व्यक्त गर्नुभएको छ ।

”११ बजे परिक्षा भनेर डाँकियो टन्टलापुर घाममा १ बजेसम्म बस्दा पनि केहि जवाफ छैन , कुनै व्यक्तिलाई राख्ने फिक्स् भईसकेपछि पनि यो नाटक किन गरिएको हो बुझ्न सकिएन ?” अर्को परिक्षार्थीको भनाई रहेको थियो ।

”जो व्यक्ति अनुपस्थित भएको छ उसैलाई राख्नको लागि विज्ञापन निकालिएको रहेछ भन्ने भान भईरहेको परिक्षा दिन जानुभएका परिक्षार्थीहरुको भनाई रहेको थियो ।

यसै विषयमा विद्यालयकी प्रधानाध्यापक पुपष्कला भट्टराईसग सम्पर्क राख्दा ”२३ गते विविध कारणले परिक्षा स्थगित गर्नुपरेको र आगामी आईतवार जो अनुपस्थित भएपनि परिक्षा संचालन हुने” बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?