तनहूँ । जिल्ला सहकारी संघ तनहूँको आयाेजना र म्याग्दे गाउँपालिकाकाे ब्यबस्थापनमा म्याग्दे पालिकाभित्रका सहकारीहरुकाे भेला सम्पन्न भएकाे छ। संघका अध्यक्ष प्रदिप अधिकारीकाे अध्यक्षतामा भएको कार्यक्रमकाे प्रमुख अतिथि म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ रहनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, गाउँपालिकाका उपाध्यक्ष तथा कार्यक्रमका विशिष्ठ अतिथि बालकृष्ण घिमिरे, विभिन्न सहकारीका अध्यक्ष , संचालक र ब्यवस्थापकहरुबाट विभिन्न बिषयमा आ- आफ्नो धारणा राख्नु भएकाे थियाे।
संघकी उपाध्यक्ष सृजना तिवारीले संचालन गरेको कार्यक्रम संघका काेषाध्यक्ष चुडामणी दाहालले कार्यक्रमबारे प्रकाश पार्नुभएकाे थियाे।
कार्यक्रमको संचालन बिष्णुकुमार श्रेष्ठले गर्नुभएको थियो।

                    



				                               
							
							
							
    
    
    
    
    
    
    

