सदरमुकामको मुटु भएकोले वडालाई नमुना बनाउनमा हामी खरो उत्रने छौः अनुप राना, अध्यक्ष, व्यास ३

  • ख-
  • ख+

चर्चित व्यास व्यास गुफा, निर्माणाधिन १०८ फिटको व्यासको मुर्ति, पन्च मन्दिर, निर्माणाधिन खेलमैदान, खुल्ला मन्च, मादी नदिले अधिकांश भुभाग काटेको भतेरी, जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, व्यास नगरपालिकाको कार्यालय, दमौली अस्पताल लगायत जिल्लाका सबैजसो प्रमुख कार्यालयहरु रहेको व्यास नगरपालिकाको वडा नं. ३ भौगोलक रुपमा सानो र विकास निर्माणको प्रशस्त सम्भावना रहेको छ ।
२०७९ बैशाषको स्थानिय निर्वाचनमा देशभर युवा जनप्रतिनिधिहरु निर्वाचित भएसगै उक्त वडामा पनि युवा वडा अध्यक्ष निर्वाचित हुनुभएको छ अनुप राना । सर्वज्योतिमा तिनै अनुप रानासग वडाको बिकास निर्माण, सम्भावना र समस्याका बारेमा गरिएको कुराकानीः

प्रश्नः अनुपजी तपाई २०७९ साल बैशाषको निर्वाचनबाट व्यास ३ को वडा अध्यक्षमा निर्वाचित भएर आउनुभयो त्यसपछि वडाको बिकासको लागि तपाईले के कस्ता कामहरु गर्नुभएको छ ?
हामी जनप्रतिनिधि निर्वाचित भएर आएपछि हामीले गर्नुपर्ने ३, ४ वटा कामहरुको लिष्ट बनाएका थियौ त्यसै अनुरुप कामहरु गर्न थालेका छौ सिंचाई डिभिजन कार्यालय तनहूँको ३, ४ करोडको लगानीमा भतेरी मादी नदिले कटान गरेको क्षेत्र बहुउद्देश्यिय प्रायोजनको लागि प्रयोग गर्ने मनसायले संरक्षण गरिरहेका छौ भने यसै वडाको पुछारमा पर्ने शवदाहघाटलाई पनि मर्मत गर्दैछौ । खेलको लागि विपी वाटिकाको खेल मैदान ११ ए साईड फुटवल खेलको लागि तयार बनाउन लागका छौ । यो बर्ष २५ लाख खर्च काम गरिरहेका छौ र मेयर साबसग कुरा गरेर अतिथि गृहभन्दा पछडिको जग्गा खेलमैदानको लागि जिल्ला समन्वय समितिसगमागेर १० लाखको खर्चमा वालको काम पनि गरिरहेका छौ । २०८१ भित्र त्यहाँएउटा पहिलाभन्दा धेरै नै सुधारिएको खेल मैदान तयार भएको हामी पाउने छौ त्यहि अनुरुप वडाले काम गरिरहेको छ ।

प्रश्नः तपाई त तनहूँको सदरमुकाम दमौली बजारक्षेत्रको वडा अध्यक्ष जनताका के कस्ता विकास निर्माणका सम्भावनाहरु देख्नुहुन्छ जनताका के कस्ता गुनासाहरु पाउनुहुन्छ ?
धेरै सरकारी कार्यालयहरु भएको, व्यापारी व्यवसायीहरु वडा भएको कारण सुरक्षाको कुरा पहिलो प्राथमिकतामा हाकमी सचेत भएर काम गरिरहेका छौ त्यस्को लागि हामी आउनुभन्दा पहिलेका जनप्रतिनिधिहरुले नै छुट्याएको बजेटबाट संवेदनशिल १५, १६ वटा स्थानमा सिसिटिभि क्यामरा जडान गरेका छौ त्यस्को लगत्तै बजारक्षेत्र आगालागीको चपेटामा परिरहेको र भविष्यमा पर्न सक्ने जोखिम भएकोले आगलागी नियन्त्रणका लागि प्रयोग हुने साधनहरु हामीले बाँडेका छौ । यो वडा बजारक्षेत्र भएको कारण ट्राफिक व्यवस्थापनको सारै नै ठुलो समस्या बनेको छ र यो वडामा भएका सार्वजनिक जग्गाहरु पहिचान र सदुपयोग गरि स्थानिय बासिन्दा लगायत सबैका लागि पार्किगं स्थल बनाउने लक्ष्यका साथ अगाडि बढेका छौ ।

प्रश्नः चर्चित व्यास व्यास गुफा, निर्माणाधिन १०८ फिटको व्यासको मुर्ति, पन्च मन्दिर निर्माणाधिन खेलमैदान, खुल्लामन्च, मादी नदिले अधिकांश भुभाग काटेको भतेरी, जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, व्यास नगरपालिकाको कार्यालय, दमौली अस्पताल लगायत सबैजसो जिल्लाका प्रमुख कार्यालयहरु रहेको व्यास नगरपालिकाको वडा नं. ३ मा एउटा वडा अध्यक्षले गर्न सक्ने प्रशस्त कामहरु रहेका छन् के छ देखिने पुरा हुने केहि काम गर्न सकिएला ?
अवश्य पनि । हाम्रा अग्रज जनप्रतिनिधिहरुले बजारको केन्द्र वडा नं. ३ मानेर बच्चाहरुको रिफ्रेसमेन्टको लागि चिल्ड्रेन पार्कको अवधारणा लागु गर्न लाग्नुभएको थियो त्यस्मा केहि रकम लगानी भ्रएको थियो र विवादित पनि बन्न पुग्यो । म निर्वाचित भएर आएपछि म पनि २, ३ चोटी अख्तियारमा बयान दिन गए । मैले बुझें अनुसार त्यो बेलामा उक्त खेलकुद सामाग्री खरिद गर्दा करिब ८ लाख लागेको पाए र हामीले त्यहि अनुसारको जवाफ दियौ र त्यहि अनुसारको प्रतिवेदन तयार पारेर बुझायौ । हाम्रो प्रतिवेदनको अध्ययन र हाम्रो जवाफ सुुनेर अख्यिारले त्यो केश नै बन्द गरेको भन्ने मलाई लाग्छ । अनि पब्लिकमा सरकारले लगानी गरेको चिजलाई अलिकता संरक्षण गर्नुपर्छ भन्ने धारणा र सोचको बिकास नभएको कारणले गर्दा वडाको त्यति राम्रो योजना हुदाहुदै पनि हामीले संरक्षण गर्न सकिएन । पब्लिकमा सार्वजनिक सम्पत्ति पनि हाम्रै सम्पत्ति हो भन्ने धारणाको बिकास गर्न नसकिएको हुनाले त्यत्ति राम्रो योजना पनि कन्टिन्यु गर्न सकिएन र उक्त सामाग्रीहरु व्यास २ को बालमन्दिर स्कुललाई हस्तान्तरण गरेका छौ । अहिले बच्चाहरु खेल्नको लागि पन्च मन्दिर अगाडिको बाल उद्यान छ जुन ओम शान्तिले जिम्मा लिएर पहिलाभन्दा निकै आर्कषक बनाउनुभएको छ त्यस्को लागि म ओम शान्ति परिवारलाई धेरै धेरै धन्यवाद भन्न पनि चाहान्छु । आगामी दिनमा उक्त उद्यान बच्चाहरुको लागि खेल्ने पार्क मात्र नभईकन व्यास गुफा, मादि सेतिको संगमस्थल, निर्माणाधिन १०८ फिटको व्यासको मुर्तिको नजिक भएको कारण अझै आर्कषक हुनेछ ।

प्रश्नः बजार क्षेत्र भएपनि तपाईको वडामा विविध समस्याहरु छन् र सचेत मानिसहरु बस्ने भएको कारण समस्याहरुको छिटो प्रतिक्रिया आउछ र छिटो सामाधान भईदिओस् भन्ने सबैको चाहना हुन्छ यस्तो अवस्थामा काम गर्न कत्तिको सजिलो छ ?
काम गर्न त एकदम गारो छ । हामी काम गर्छौ भनेर नै आएकोले गारो छ भनेर काम गर्न छोड्नुपनि भएन । जनताले हामीलाई मत दिदा यीनीहरुले त केहि गर्छन् भन्ने विश्वासले मत दिएर विजयी बनाउनुभएको हो । कुनै ठाउँमा त हामी मत माग्न पुग्न सकेनौ तैपनि हामीलाई विश्वास गरेर मत दिनुभएको छ त्यो विश्वास गारो भयो भनेर हामी तोड्न चाहदैनौ । समस्या त जहाँ पनि हुन्छ बजार र घनावस्ति भएको क्षेत्रमा ज्यादा हुने नै भयो । गर्मी र सुख्खा मौषम बढेसगै पानीको समस्या हुन थालेको छ , गुणादीबाट आएको पानी अपुग भएको कारण मादीको पानी फिल्टर गरेर पनि वडावासीलाई पानी ख्वाउदै आएका छौ । हाम्रो वडा नदिको नजिक भाको कारणले पनि सधै दमौली खानेपानीको मात्र भर पर्नुभन्दा डिप वोरिगं वा ईनार बनाएर पानीको हुनसक्ने अभाव पुर्तिको लागि देउरालीनगरभन्दा तलबाट पनि पानी झिकेका छौ ।

प्रश्नः यस वडामा रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था कस्तो पाउनुहुन्छ तपाई ?
हाम्रो वडामा २ वटा सामुदायिक विद्यालय छन् एउटा चाँहि निर्वाचन आयोगको कार्यालयभन्दा तल संस्कृत मा. वि. छ त्यसमा संस्कृतको निकै राम्रो पढाई भईरहेको छ । संस्कृत स्कुल त्यसमाथि उक्त स्कुल भएको क्षेत्र धार्मिक क्षेत्र मठ मन्दिरको नजिक भएको कारण पनि निकै पढाईलाई वातावरणले धेरै सर्पोट गरेको छ । त्यसैगरि देउराली नगरमा शिव पान्चायन मा. वि. छ । जुन विद्यालयलाई हामी निर्वाचित भएर आएपछि निकै मेहनत गरेर सुधारेका छौ । अहिले एस ई ई र कक्षा ८ को परिक्षामा देशभर नाम चलेका अन्य विद्यालय सत्यवती मा।वि।को हाराहारीमा नम्बर ल्याएको हामीले पाएका छौ । विद्यालयले प्रगति गर्दै जानु र विद्यार्थी संख्या बढ्दै गएको , विद्यालयलाई भवनहरु अपुग भएको कारण संघ तथा प्रदेश सरकारसग २ तले भवन पनि माग गरेका छौ र वडाको शिक्षालाई छुट्याईएको बजेट यी २ विद्यालयमा लगानी गर्दैछौ । वडाबाट छ्टयाउने बजेट शैक्षिकस्तर उकास्नको लागि प्रयोग गर्दैछौ भने नगरपालिका, संघ सरकार, प्रदेश सरकारसग बजेट मागेर भौतिक संरचना निर्माण गर्ने योजनामा छौ ।

प्रश्नः बजार क्षेत्र भएपनि तपाईको वडामा विविध समस्याहरु छन् र सचेत मानिसहरु बस्ने भएको कारण समस्याहरुको छिटो प्रतिक्रिया आउछ र छिटो सामाधान भईदिओस् भन्ने सबैको चाहना हुन्छ यस्तो अवस्थामा काम गर्न कत्तिको सजिलो छ ?
काम गर्न त एकदम गारो छ । हामी काम गर्छौ भनेर नै आएकोले गारो छ भनेर काम गर्न छोड्नुपनि भएन । जनताले हामीलाई मत दिदा यीनीहरुले त केहि गर्छन् भन्ने विश्वासले मत दिएर विजयी बनाउनुभएको हो । कुनै ठाउँमा त हामी मत माग्न पुग्न सकेनौ तैपनि हामीलाई विश्वास गरेर मत दिनुभएको छ त्यो विश्वास गारो भयो भनेर हामी तोड्न चाहदैनौ । समस्या त जहाँ पनि हुन्छ बजार र घनावस्ति भएको क्षेत्रमा ज्यादा हुने नै भयो । गर्मी र सुख्खा मौषम बढेसगै पानीको समस्या हुन थालेको छ , गुणादीबाट आएको पानी अपुग भएको कारण मादीको पानी फिल्टर गरेर पनि वडावासीलाई पानी ख्वाउदै आएका छौ । हाम्रो वडा नदिको नजिक भाको कारणले पनि सधै दमौली खानेपानीको मात्र भर पर्नुभन्दा डिप वोरिगं वा ईनार बनाएर पानीको हुनसक्ने अभाव पुर्तिको लागि देउरालीनगरभन्दा तलबाट पनि पानी झिकेका छौ ।

प्रश्नः यस वडामा रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था कस्तो पाउनुहुन्छ तपाई ?
हाम्रो वडामा २ वटा सामुदायिक विद्यालय छन् एउटा चाँहि निर्वाचन आयोगको कार्यालयभन्दा तल संस्कृत मा. वि. छ त्यसमा संस्कृतको निकै राम्रो पढाई भईरहेको छ । संस्कृत स्कुल त्यसमाथि उत्तः स्कुल भएको क्षेत्र धार्मिक क्षेत्र मठ मन्दिरको नजिक भएको कारण पनि निकै पढाईलाई वातावरणले धेरै सर्पोट गरेको छ । त्यसैगरि देउराली नगरमा शिव पान्चायन मा. वि. छ । जुन विद्यालयलाई हामी निर्वाचित भएर आएपछि निकै मेहनत गरेर सुधारेका छौ । अहिले एस ई ई र कक्षा ८ को परिक्षामा देशभर नाम चलेका अन्य विद्यालय सत्यवती मा।वि।को हाराहारीमा नम्बर ल्याएको हामीले पाएका छौ । विद्यालयले प्रगति गर्दै जानु र विद्यार्थी संख्या बढ्दै गएको , विद्यालयलाई भवनहरु अपुग भएको कारण संघ तथा प्रदेश सरकारसग २ तले भवन पनि माग गरेका छौ र वडाको शिक्षालाई छुट्याईएको बजेट यी २ विद्यालयमा लगानी गर्दैछौ । वडाबाट छ्टयाउने बजेट शैक्षिकस्तर उकास्नको लागि प्रयोग गर्दैछौ भने नगरपालिका, संघ सरकार, प्रदेश सरकारसग बजेट मागेर भौतिक संरचना निर्माण गर्ने योजनामा छौ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?